शिक्षक लाइसेन्सको निमावि गणित विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । सोमबार आयोगले निम्न माध्यमिक तह गणित विषयको नतिजा सार्वजनिक गरेको हो ।

नतिजा अनुसार परीक्षामा सहभागी ७ हजार ७ सय ७५ परीक्षार्थी मध्ये ६९१ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै २७४ जनाको वस्तुगत परीक्षा रद्द भएको छ । ।

आयोगले फागुन १३ गते देखि २२ गतेसम्म माध्यमिक तहको नतिजा सार्वजनिक गरेको थियो । मावि नतिजा हेर्दा पनि  निरासाजनक देखिन्छ ।

हेर्नुहोस् नतिजा

Loading...