जन्ती गएका युवकमाथि खुकुरी प्रहार

काठमाडौं, २१ माघ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ मा जन्ती गएका एक युवकमाथि खुकरी प्रहार भएको छ। खुकुरी प्रहारबाट अन्दाजी ३५ वर्षीय शम्भु थापा गम्भीर घाइते भएको धादिङका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

घाइते थापालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं स्थित ग्राण्डी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने समूहको खोजी भइरहे पनि अहिलेसम्म एक जना पनि पक्राउ पर्न सकेका छैनन्।

खुकरी प्रहार केशव थापाको समूहबाट भएको हुनसक्ने भन्दै उनीहरुको खोजी भइरहेको एसपी रेग्मीले जानकारी दिए । वर्षौ पुरानो रिसिबीका कारण खुकुरी प्रहार भएको स्थानीयले बताए पनि कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

Loading...