सुनको भाउमा आज पनि गिरावट

काठमाडौं २३ मंसिर। साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला रु ५०० ले घटेको सुनको मूल्य सोमबार प्रतितोला रु २०० ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावालको मूल्य प्रतितोला रु ७१ हजार तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला रु ७१ हजार २०० मा खरिदबिक्री भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ७० हजार ७०० कायम गरिएको छ । आइतबार तेजाबी सुनको प्रतितोला रु ७० हजार ९०० मा कारोबार भएको थियो । स्थानीय बजारमा चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला रु ८३५ निर्धारण गरेको छ । आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेको हो।

Loading...