क्रिकेटमा नेपालले जित्यो कांस्य पदक

काठमाडौं २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागको पुरुष क्रिकेटमा नेपालले कांस्य पदक जितेको छ । सोमबार माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले कांस्य जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६।१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि आरिफ शेखले ३२ र कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए । विनोद भण्डारी १२ रनमा आउट भए । रोहितकुमार पौडेल १५ र पवन शरार्फ १० रनमा अविजित रहे यसअघि टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । उसका लागि लेम शफीगले १९ रन बनाए भने मोहम्मद रिशवनले १७ रन जोडे । नेपालका ललितनारायण राजवंशीले ३ विकेट लिए ।

Loading...