१३ औं सागमा शुक्रबार हुने खेलहरू

काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत शुक्रबारबाट पोखरामा आर्चरीका खेल सुरु हुनेछन् । यस्तै दशरथ रंगशालामा एथ्लेटिक्सका इभेन्ट जारी हुनेछन् । जसमा महिला ५ हजार मिटरमा सन्तोषी श्रेष्ठबाट नेपालले पदकको आसा गरेको छ । यस्तै पोखरामा हुने ब्याडमिन्टनमा सबै इभेन्टका फाइनल हुनेछन् ।

त्रिपुरेश्वरको दशरथ रंगशालामा बास्केटबलका खेल जारी रहनेछन् ।
शुक्रबारबाट सातदोबाटोको कराते कबर्डहलमा बक्सिङका पहिलो चरणका इभेन्ट हुनेछन् ।
पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्सबीच कीर्तिपुरमा खेल हुनेछ ।
फेन्सिङमा ३ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
पुरुष फुटबलमा शुक्रबार रेस्ट डे राखिएको छ ।
गल्फमा फाइनल चरणका खेल हुनेछ ।
ह्यान्डबल र कबड्डीका खेल पनि जारी रहनेछन् ।
सुटिङ पनि शुक्रबार जारी हुनेछ ।
शुक्रबारदेखि स्क्वास सुरु हुनेछ ।
पौडीमा ७ स्वर्णका लागि भिडन्त हुनेछ ।
टेनिसमा प्रतिस्पर्धा पनि जारी रहनेछ ।
कुस्ती जनकपुरमा बिहीबार सुरु हुनेछ ।
टेवलटेनिसमा शुक्रबार अन्तिम चरणका खेल हुनेछन् ।

Loading...