भीरबाट लडेर महिलाको मृत्यु

बझाङ, २४ कात्तिक । बुङगल नगरपालिकामा खर काट्न गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । मुत्यु हुनेमा बुङगल नगरपालिका–५ की ३२ वर्षीया अन्जना धामी रहेकी छिन् ।

खर काटने क्रममा उनी वीरेखोला, किलाहाल्ले भिरबाट लडेकी हुन् । धामी शनिबार खर काट्न गएकी थिइन् । साँझसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा धामी आज मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Loading...