वाइसिएल अध्यक्षसहित माओवादी केन्द्रका ३१ नेताद्वारा राजिनामा

सल्यान, १५ असार । सल्यानको ढोरचौर गाउँपालीकामा माओवादी केन्द्रका नेताहरुले पार्टीबाट सामुहिक राजिनामा दिएका छन् ।

गाउँपालिकाको केन्द्रको विषयलाई लिएर उनीहरुले राजिनामा दिएका हुन । पहिले माओवादीले ढोरचौर गाउँपालिकाको केन्द्र कालालेखमा राखेको र अहिले आएर पार्टीले ढोरचौर बजारमा राख्न सहमति जनाएको भन्दै असुन्तुष्ट बनेका उनीहरुले सामूहिक राजिनामा दिएका हुन् ।

राजिनामा दिनेहरुमा नेकपा माओबादी केन्द्र ढोरचौर गाउँपालिका उपाअध्यक्ष बीरबहादुर बोहोरा (विहानी), वडा नम्बर २ र ३ का इन्चार्ज सुनिल बस्नेत, गाउँपालिका वाइसीएल अध्यक्ष देबबहादुर बस्नेत, धनेशकुमार चलाउने, उदिराम बुढाथोकी गोपाल चलाउने, प्रेम बुढाथोकी, बीरबहादुर बुढाथोकी, धनबहादुर चलाउने, मनबहादुर विक लगायत ३१ जना रहेका छन् ।

उनीहरुले पहिलेदेखि नै गाउँपालिकाको केन्द्र सबैलाई सहज हुने भन्दै कालालेखमा राख्न माग गरेका थिए । तर अहिले गाउँपालिकाको केन्द्र ढोरचौर बजारमा सारिएको छ ।

Loading...