सम्पदा संरक्षण प्रवद्र्धन गरी भ्रमण वर्षमा उपयोग गरिनुपर्ने

काठमाडौँ, १९ भदौ । विश्व सम्पदामा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरलगायत सम्पदाको संरक्षण प्रवद्र्धनमा विशेष ध्यान दिइनुपर्नेमा सांसद, विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् ।

संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिको आज भएको बैठकमा सहभागी वक्ताले पशुपतिनाथ क्षेत्रभित्रको मूर्त र अमूर्त कला संस्कृति, सम्पदा केवल संस्कृति र आस्था मात्र नभई देशकै गौरव र पहिचानको विषय भएको उल्लेख गर्दै परम्परागत रीतिरिवाज, संस्कृतिको संरक्षण प्रवद्र्धनमा सबै एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याएका हुन् ।

उनिहरुले सम्पदाप्रेमीको नाममा सम्पदामाथिनै अतिक्रमण भइरहेकोप्रति ध्यानाकर्षण जनाउँदै पशुपतिनाथलगायत सम्पदाभित्रको जग्गा, मठ, मन्दिर तथा अन्य सम्पत्तिको उचित संरक्षण गरी मुलुकको आर्थिक आम्दानीमा टेवा पु¥याउनुपर्ने बताएका हुन् ।

बैठकमा बोल्ने अधिकांश सांसदले पशुपति क्षेत्रभित्रका मूर्त कलाकृतिको संरक्षण तथा अन्य धार्मिक मठमन्दिरको संरक्षण प्रवद्र्धन गरी नजिकिएको नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा उजागर गरिनुपर्ने धारणा राखेका हुन् ।

पशुपतिनाथ क्षेत्रको सम्पदा अध्ययनका लागि अन्तरराष्ट्रिय सम्बन्ध समितिअन्तर्गत गठित उपसमितिका संयोजक एवं सांसद सुजिता शाक्यले पशुपतिलगायत सम्पदाको उचित संरक्षण प्रवद्र्धन गरी राष्ट्रिय आयमा वृद्धि गर्ने गरी योजनाबद्ध कार्यक्रम अघि बढाइनुपर्ने बताए ।

सांसद कृष्णगोपाल श्रेष्ठले पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथलगायत सम्पदा देशको संस्कृति र सम्पदाको पहिचान भएकाले यिनको संरक्षणका साथै टेकुस्थित पचलीघाट, हनुमानढोकालगायत स्थलको पनि अध्ययन अनुसन्धान गरी उचित संरक्षण विकास गरिनुपर्छ भने । उनले सम्पदाप्रेमीका नाममा सम्पदामाथि अतिक्रमण गर्ने प्रवृत्ति बढेको भन्दै त्यसकाविरुद्ध सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

सांसद नारदमुनि रानाले पशुपतिनाथ मन्दिर र आस्थाको केन्द्र मात्र नभई स्वाभिमान राष्ट्रको पहिचान पनि हो भन्दै विश्व सम्पदामा सूचीकृत सम्पदाको यथोचित संरक्षण र प्रभावकारी प्रवद्र्धन गर्न जरुरी भएको खाँचो औँल्याए ।

सांसद रेणुका गुरुङले पशुपति क्षेत्रलगायत सम्पदा धार्मिक पर्यटनको महत्वपूर्ण आधार रहेको भन्दै भ्रमण वर्षको सन्दर्भमा यस्ता सम्पदाको विशेष प्रवद्र्धन गर्न जरुरी भएको उल्लेख गरिन । सांसद कृष्ण राईले पशुपतिनाथको जस्तै वाग्मती नदी र आसपासका सम्पदाको संरक्षणका लागि विशेष गुरुयोजनाका साथ अघि बढ्नुपर्ने औँल्याए ।

सांसदहरुको धारणा लिएपछि समितिका सभापति पवित्रा निरौला (खरेल) परस्परागत संस्कृतिको जगेर्ना गर्नु नेपालीकै दायित्व हो भन्दै पछिल्लो समय सम्पदा क्षेत्रका जग्गा, मठमन्दिरमाथिको अतिक्रम बढेकाले त्यस्ता सम्पदाको संरक्षणका लागि सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखिन ।

उनिले सम्पदा संरक्षणका नाममा हुने अतिक्रमणलाई निरुत्साहित गर्दै पवित्र हृदयका साथ राष्ट्रको सम्पदा जगेर्ना गर्दै नेपाल भ्रमण वर्षको अवसरमा आफ्ना मौलिक संस्कार र संस्कृतिको प्रस्तुति गरिनुपर्नेमा जोड दिइन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पशुपतिनाथ र लुम्बिनी क्षेत्रको राष्ट्रिय र अन्तरराष्ट्रिय महत्वकै कारण यसको विकास प्रवद्र्धनका लागि सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा उच्च प्राथमिकताका साथ अघि बढाएको जानकारी दिँदै यसलाई थप प्रभावकारिताका साथ अघि बढाइने उल्लेख गरे ।

समितिले सरोकार भएका ३० निकायलाई बोलाएर पशुपतिनाथ क्षेत्रका मूर्त र अमूर्त सम्पदाको अवस्थाबारे जानकारी गराएको हो । अनुसन्धानकर्ताद्वय निर्मला पोखरेलले पशुपतिनाथ मन्दिर क्षेत्रमा रहेका मूर्त सम्पदा र डा सन्ध्या खनालले पशुपतिनाथ क्षेत्रका अमूर्त सम्पदाबारे कार्यपत्र प्रस्तुत गरिन ।

अनुसन्धानकर्ता पोखरेलले पशुपतिनाथ क्षेत्रको जग्गा, मठमन्दिर तथा अन्य सम्पत्ति अतिक्रमणमा परेको र यसको उचित संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराइन । अर्का अनुसन्धानकर्ता खनालले पशुपतिनाथ क्षेत्रका अर्मूत सम्पदा क्रमशः अतिक्रमणमा पर्नु संस्कृतिमाथिकै आक्रमण भएको भन्दै पुरातान्विक धार्मिक सम्पदाको संरक्षण प्रवद्र्धनमा सरोकार भएका निकाय एकजुट भएर लाग्नुपनेर्मा जोड दिइन ।

पशुपतिनाथको पूजा तान्त्रिक विधिबाट भट्टबाट गरिन्छ । पशुपतिनाथको विशेष पूजा गर्न ए हजार १०० देखि २५ लाखसम्म खर्चनुपर्ने जानकारी दिइयो । पशुपतिनाथसँग सम्बन्धित २२ वटा पर्व पूजा छन् । यो क्षेत्रमा १७० वटा तीर्थस्थल रहेको बताइन्छ ।

Loading...