अहिलेसम्मकै ठूलो मात्रामा ८८ केजी सुन बरामद । यस्तो छ सुन तस्करको खतरानाक जालो

काठमाडाैं, १९ भदाै । प्रहरीले काठमाडाैंकाे क्षेत्रपाटीबाट ८८ किलाे सुन बरामद गरेकाे छ । महानगरीय प्रहरी अायुक्त जयबहादुर चन्दले विशेष सूचनाका अाधारमा प्रहरी टाेली खटाएर साे परिमाणमा सुन बरामद गरिएकाे बताए ।

प्रहरीले बरामद गरेकाे याे सुन अहिलेसम्मकै ठूलाे हाे । प्रहरीले सुन बाेकेकाे गाडी र त्यसका चालकलार्इ पनि नियन्त्रणमा लिएकाे छ । अवैध रुपमा ल्याइएको ८८ किलो सुन चिनियाँ नाका केरुङ हुँदै नेपाल भित्र्याइएको प्रारम्भिक जानकारी प्रहरीलार्इ प्राप्त भएकाे जनाएकाे छ । प्रहरीले यसबारे अझै अनुसन्धान भइरहेकाे जनाएकाे छ ।

गए राति साढे एक बजेतिर प्रहरीले उक्त सुनसहितको गाडी पक्राउ गरेको हो। बा १७ च ६४२७ नम्बरको टाटा सफारीमा लुकाइ राखिएको सुन बरामद गरिएको चन्दले जानकारी दिए।
उपत्यकामा यति ठूलो परिमाणमा अबैध सुन पक्राउ गरेको यो पहिलो पटक हो। प्रहरीले पछिल्लो बर्षमा सुन तस्करहरु सक्रिय भएको सूचनासँगै आफ्नो सक्रियता बढाइरहेको छ।

अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा राजधानीबाटै सुन वरामद भएपछि काठमाडौं सुन तस्करीको ‘ट्रान्जिट’ भएको फेरि पुष्टि भएको छ। स्राेतका अनुसार विदेशी भूमिबाट काठमाडौं ल्याइएको अधिकांश सुन नेपाली बजारमाभन्दा बाहिरका बजारमा लगिने गरिएकाे छ । त्यसमध्ये ठूलाे मात्रामा भारतीय बजारमै बिक्री वितरण हुने गरेकाे बताइन्छ । प्रहरीले अघिल्लो साता मात्र धनुषामा एक किलो सुनसहित एक भरियालार्इ पक्राउ गरेकाे थियाे । ती भरियाले सो सुन भारत लैजान लागेको बताएका थिए।

गतसाता काठमाडाैंकाे सामाखुसीबाट पनि प्रहरीले १४ किलाे सुन बरामद गरेकाे थियाे ।गत बिहीबार ताताेपानी नाकाबाट काठमाडाैं २२ किलाे सुन भित्रिएकाे सूचनाका अाधारमा प्रहरीले पिछा गर्दै जाँदा साे सुन बरामद गरेकाे जनाएकाे थियाे । साे क्रममा प्रहरीले १४ किलो सुनसहित सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–१ का पेम्बा दोर्जे शेर्पालाई पनि पक्राउ गरेको थियाे।

प्रहरी अधिकारीका अनुसार सुन तस्करीमा नेपालमा ठूलाे जालाे छ । तस्करीमा तीन तहको घेरा रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन्। पहिलो तहका कारोबारी कतार दुबई, हङकङ र तिब्बत चीन कमाण्ड सम्हाल्छन्। उनीहरुले नेपालको विमानस्थल वा भूभागसम्म ल्याइ दिने मात्रै काम गर्छन्। दोस्रो तहका नेपाल बसेर सहयोगीमार्फत भन्सार कटाउन सक्रिय हुन्छन्। दोस्रो तहमा खास भरिया वा मध्यस्थकर्ताहरु हुन्छन्। उनीहरुको यसमा लगानी हुदैन। उनीहरु रसुवा हुँदै सुन भित्र्याउने र हङकङ तथा कतार, दुबईबाट सुन ल्याउने फरक–फरक समूह सक्रिय छन्।

नेपाल प्रहरीले २०७१ मा तयार गरेको एक प्रतिवेदनका अनुसार तेस्रो तहका कारोबारी भने काठमाडौं, वीरगन्ज, भैरहवा, सुनौली क्षेत्रमा क्रियाशिल हुन्छन्। विदेशका जुनसकै माध्यमबाट आएको भए पनि सुरक्षित रुपमा काठमाडौंमा रहेको काँचो सुन स्थलमार्ग हुँदै भारतीय कारोबारीलाई जिम्मा दिन्छन्।

अहिलेसम्म सुन तस्करी अभियोगमा पक्राउ पर्नेमा नेपालीकै संख्या बढी छ। दोस्रो भारतीय र तेस्रोमा चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार पाँच वर्ष यता प्रहरीले सुन तस्करी अभियोगमा झण्डै दुई सय जना पक्राउ गरिसकिएको छ।

यसरी समातिएकाे थियाे ८८ केजी सुन । हेर्नुहाेस भिडियाे

Loading...