फिलिपिन्सका राष्ट्रपति डुटेर्ते र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङ र चीन भ्रमणमा रहेका उहाँका फिलिपिनी समकक्षीबीच बेइजिङमा भेटवार्ता भएको छ । भेटमा दुई छिमेकी मुलुकबीच दुईपक्षीय सम्बन्धका बिषयमा छलफल भएको बताइएको छ ।

दुई नेताबीचको भेटमा राष्ट्रपति सीले भने, “अहिले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अवस्था गम्भीर तथा जटिल परिवर्तनतर्फ गइरहेको छ । तर पनि दुई मुलुकबीच शान्ति, विकास, सहकार्य, तथा आपसी लाभका कुरा अझै बढी अनिवार्य बनेका छन् ।”

नेता सीले फिलिपिनी नेता डुटेर्तेसँग समयको आवश्यकता र मागलाई स्वीकार गर्दै दुई मुलुकबीचको रणनीतिक र दीगो धारणा बनाएर द्विपक्षीय असल सम्बन्ध विस्तारका लागि नेतृत्व लिन आफू तयार भएको बताएका छन् ।

“यसले दुई मुलुक र यहाँका जनतालाई मात्र फाइदा हुँने नभई क्षेत्रीय शान्ति तथा स्थायित्वका लागि सकारात्मक ऊर्जा थप्नेछ ।”

फिलिपिनी नेता डुटेर्ते राष्ट्रपति सीको निमन्त्रणामा यही अगस्ट २८ देखि सेप्टेम्बर १ सम्म चीनमा रहनुहुने कार्यक्रम रहेको छ । चीनमा रहँदा उहाँले उच्च पदस्थ चिनियाँ अधिकारीहरूसँग भेट गर्ने तथा ऐतिहासिक तथा सांस्कृतिक महत्वका विभिन्न स्थानहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।