एजेन्सी । इटालीमा नयाँ मन्त्रिमण्डल गठनका लागि प्रधानमन्त्री जिसेपी कोन्टेलाई औपचारिक बाटो खुला भएको छ ।
इटालीका राष्ट्रपति सर्जेओ मटारेलाले बिहीबार प्रधानमन्त्री कोन्टेलाई नयाँ मन्त्रिमण्डल गठन गर्न औपचारिकरूपमा आग्रह गरेसँगै नयाँ सरकारको नेतृत्वका लागि उनलाई बाटो खुलेको हो ।
सन् २०१८ को जुन १ मा इटालीको प्रधानमन्त्री बन्नुभएका कोन्टेविरूद्ध आफ्नै मन्त्रिमण्डलमा उप–प्रधानमन्त्री तथा आन्तरिक मामिलामन्त्री रहेका मटेओ साल्भिनीको नेतृत्वमा संसद्मा अविश्वासको प्रस्ताव पेश गरिएको थियो ।
कोन्टेले सरकार टिकाउनका लागि आवश्यक बहुमत पु¥याउन असम्भव देखेपछि मतदानपूर्व नै गत अगस्ट २० मा राजीनामाको घोषणा गरेका थिए । त्यसपछि उनले कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्ेमवारी सम्हाल्दै आएका छन ।