के अब इरान र अमेरीकाबीच युद्ध हुन लागेकाे हाे?

जिब्राल्टरको नियन्त्रणमा रहेको इरानी ट्याङ्कर जफत गर्न अमेरिकाको पक्राउ पुर्जी

ग्रेस-वान

जिब्राल्टरमा गत महिना नियन्त्रणमा लिइएको एउटा इरानी तेल ट्याङ्करलाई त्यहाँका एकजना न्यायाधीशले घर फर्कने अनुमति दिने निर्णय गरेको भोलिपल्टै अमेरिकाको न्याय मन्त्रालयले उक्त ट्याङ्कर जफत गर्नका लागि पक्राउ पुर्जी जारी गरेको छ।

ग्रेस-वान नामक उक्त ‘सुपर ट्याङ्कर’लाई गत जुलाई ४ मा ब्रिटेनको स्वशासित क्षेत्र जिब्राल्टरमा नियन्त्रणमा लिइएको थियो।

तेल बोकेको सो ट्याङ्कर अवैध रूपमा सिरियातर्फ जाँदै गरेको शङ्का गरिएको थियो।

अमेरिकाले उक्त ट्याङ्करलाई नियन्त्रणमा लिन अन्तिम कानुनी प्रक्रिया अपनाउँदै गर्दा जिब्राल्टरले बिहीवार त्यसलाई अस्वीकार गरिदिएको थियो।

इरानले पहिले नै उक्त ट्याङ्करको नियन्त्रणलाई “अवैध अवरोध” भनिसकेको छ।

ग्रेस-वानलाई नियन्त्रणमा लिइएको दुई साता पश्चात् गत जुलाई १९ मा इरानले ब्रिटिश झण्डावाला एउटा ट्याङ्कर स्टेना इम्पेरियोलाई स्ट्रेट अफ हर्मुज भनिने क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।

इरानी उक्त समुद्री जहाजले अन्तर्राष्ट्रिय सामुद्रिक नियमलाई तोडेको दाबी गरे पनि उक्त कार्यलाई जिब्राल्टरमा आफ्नो ट्याङ्कर पक्राउको प्रतिउत्तरमा उसले त्यस्तो गरेको ठानिन्छ।

ग्रेस-वान

अमेरिकाले के भनिरहेको छ?

वासिङ्टन ग्रेस-वान र त्यसमा रहेको सबै तेललाई जफत गर्न सकिने दाबी गर्छ।

उसले अन्तर्राष्ट्रिय आकस्मिक आर्थिक अधिकार ऐन, ब्याङ्क छली, सम्पत्ति शुद्धिकरण र आतङ्कवाद कानुनको उल्लङ्घन गरेको आधारमा त्यसो गर्न सकिने दाबी गर्दै आएको छ।

अमेरिकाले प्याराडाइज ग्लोबल ट्रेडिङ एलएलसीसँग जोडिएको एउटा नाम थाहा नभएको ब्याङ्कको खातामा रहेको ९ लाख ९५ हजार अमेरिकी डलर रकम जफत गर्न पनि आदेश दिएको छ।

अमेरिकाले उक्त व्यापार इरानको रिभ्योलुसनरी गार्डस्‌का लागि काम गर्ने व्यवसायसँग सम्बन्धित रहेको दाबी गरेको छ।

अमेरिकाले इरानको इस्लामिक रिभ्योलुसनरी गार्डलाई एउटा अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन भनेको छ।

ग्रेस-वान

जिब्राल्टरमा के भएको थियो?

जिब्राल्टरको सरकारले उसले इरानबाट ग्रेस-वान युरोपेली सङ्घले प्रतिबन्ध लगाएको ठाउँ अर्थात् सिरियातर्फ नजाने आश्वासन पाएको बताएको थियो।

ब्रिटेनको स्वशासित क्षेत्रका मुख्य मन्त्री फाबिएन पिकार्डोले भने, “हामीले सिरियाको असद शासनलाई १४ करोड डलर बराबरको कच्चा तेलबाट वञ्चित गरिसकेका छौँ।”

एकजना न्यायाधीशले उक्त ट्याङ्कर छाड्ने आदेश दिएपछि पिकार्डोले बीबीसीलाई उक्त समुद्री जहाज चाँडै नै जानसक्ने बताएका थिए।

अमेरिकाको कदमप्रति ब्रिटेन र जिब्राल्टरले कुनै प्रतिक्रिया दिएका छन्।

बिबिसिबाट

Loading...