पानी जहाज डुबेर ब्राजिलमा १९ जनाको मृत्यु

ब्रासिलिया, ८ भदौ । ब्राजिलको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

झन्डै ७० जना यात्रु बोकेको जहाज दुर्घटना हुँदा अन्य कैयांै हराइरहेको स्थानीय सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् ।

अमेजन क्षेत्र अन्तरगत पर्ने पारा राज्यको छिङगु नदीमा मङ्गलबार बेलुकादेखि बुधबारसम्म पानीजहाज डुबेको थियो ।

स्थानीय पत्रिका फोल्हा डे एस पाउलोले सोमबार बुलेका सान्तारेमबाट भिटोरिआ डे छिङगु तर्फ गएको डुङ्गा दुर्घटना भएको समाचार लेखेको छ ।

पछिल्लो विवरण अनुसार १९ जनाको शव उद्धारकर्ताले फेला पारेका छन् भने झन्डै तीस जना अझै बेपत्ता भएका छन् ।

पानी जहाज डुब्नुको कारण अहिले अहिलेसम्म पत्ता लाग्न नसकेको ती अधिकारीले बताएका छन् ।

अमेजन नदिका विभिन्न ठाउँमा बेलाबेलामा अत्याधिक यात्रु बोकेकोले यस्ता दुर्घटना हुने गरेको जनाएको छ । यस क्षेत्रमा यात्राका लागि जलमार्ग धेरै प्रयोग गर्ने गरिन्छ ।

Loading...