प्रशिक्षक जिदानसँगको मनमुटावले अन्ततः ग्यारेथ बेल टोलीमा समावेश नै भएनन

काठमाडौं, १४ साउन । रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ वेलको फुटबल करिअरलाई लिएर उनका फ्यानहरु चिन्तित बनेका छन् ।

उनी अहिले आवद्ध रहेको क्लब रियल मड्रिडले पछिल्लो समयको खेलमा समावेश नै नगरेपछि फ्यानहरु चिन्तित बनेका हुन् । रियलले प्रि सिजन प्रतियोगिताको म्युनिख भ्रमणबाट बेललाई बाहिर राखेको हो । यसअघि बेललाई रियलले चीनियाँ क्लबमा जानबाट पनि रोकेको थियो । चिनियाँ क्लबबाट आएको प्रस्ताव अस्वीकार गरे रोकेको रियलले यता पनि उनलाई टोलीमा समावेश नगरेपछि रियलले बेलको खेल जीवनमाथि खेलवाड गरेको त होइन भन्ने प्रश्न उठाइएको छ । सोमबार राति मात्र म्युनिख भ्रमणको लागि टीम घोषणा भएको थियो ।

रियलले चिनियाँ क्लबसँगको प्रस्ताव अस्वीकार गरेपछि अहिले बेल सकारात्मक मनस्थितिमा नरहेको पनि जनाएको छ । अहिले उनी सकारात्मक मनस्थितिमा नरहेकै कारण उनलाई टिममा नराखेको जनाएको छ ।

रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बेललाई त्यति नरुचाएको बताइन्छ । केही समय अघि मात्र रियलका प्रशिक्षक जिदानले बेल छिट्टै क्लब छाड्ने मनस्थितीमा रहेको बताएका थिए । सो क्रममा उनले यतिसम्म भने कि बेल ‘भोलि नै क्लबबाट बाहिरिए सबै खुसी हुन्छन् ।’

६ बर्षअगाडि टोटनह्यामबाट रियल मड्रिड आउँदा ८५ मिलियन पाउण्ड स्ट्रलिङमा आवद्ध भएका थिए । बेल रियलमा आइसकेपछि रियलले ४ पटक च्याम्पियन्स लिग उपाधि उचालेको थियो ।

जसमा उनले च्याम्पियन्स लिगको फाइनलमा मात्रै ३ गोल गरेका छन् । रियलले २०१४, २०१६, २०१७ र २०१८ मा च्याम्पियन्स लिग ट्रफी उचालेको थियो । रियलमा रहँदा बेललाई इन्जुरीले पनि सतायो । जसमा उनले पछिल्ला ४ सिजनमा ला लिगामा मात्रै ७९ खेल खेलेका छन् ।

Loading...