विप्लवका पोलिटब्यूरो सदस्यले पार्टी परित्याग गरी लगाए प्रचण्डको टिको

काठमाडौ, १९ जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका एक जना पाेलिटब्यूराे सदस्यले पार्टी परित्याग गरेका छन् ।

यसरी पार्टी परित्याग गर्ने पाेलिटब्यूराे सदस्य पदम राई हुन । सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएपछि वार्ता लगायतका विषयमा राईले विवादास्पद अभिव्यक्ति दिएकाे भन्दै उनलाई पार्टीले निलम्बन गरेकाे खबर अाएकाे थियाे । तर, साे पार्टीले अाधिकारिक रुपमा कुनै विज्ञप्ति जारी गरेकाे छैन ।

राईले अाइतबार सत्तासिन दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पुगेर विप्लव नेतृत्वकाे नेकपा परित्याग गरेकाे घाेषणा गरेका हुन् । प्रचण्डकाे हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका राईले अन्तत विप्लव पनि प्रचण्डसँगै अाइपुग्ने दावी गरे । साे क्रममा नेकपाका अध्यक्ष प्रचण्डले पनि विप्लवलाई पनि अाफूसँगै ल्याउने दावी गरे ।

साथै उनले अहिलेकाे हिंसात्मक बाटो गलत रहेको उल्लेख गर्दै उनले देशले एउटै ठूलो कम्युनिष्ट पार्टी खोजेकाे र हिंसाले गन्तब्यमा नपुगिने बताए ।

पूर्व मन्त्री समेत रहेका राईलाई आइतबार बिहान नेकपाको कार्यालय धुम्बाराहीमा अायाेजित एक कार्यक्रममा प्रचण्डले टिकाे लगाएका हुन् । साेही कार्यक्रममा विप्लवलाई छाेडेका राईले द्वन्द्वले देश नबन्ने भएकाले आफू नेकपा प्रवेश गरेको बताए ।

राई चन्द समूहमा सरकारसँग वार्ता गर्नुपर्छ भन्ने लाइनमा थिए । यही कारण उनलाई चन्द समूहले हालै पार्टीबाट निलम्बित गरेको थियाे ।