दाँत कमजोर भए मिर्गौलामा समस्या

जतिसुकै सुन्दर भए पनि दाँत बिग्रेको छ भने मानिस कुरूप देखिन्छ । स्वस्थ दाँत मुस्कानको स्रोत मानिन्छ । सुन्दर मानिसको पहिलो प्राथमिकता दाँत पनि हो ।

त्यसो भए दाँतको हेरचाह कसरी गर्ने ? डेन्टल सर्जरी अस्पताल बेलायतमा कार्यरत डेन्टल नर्स लीला सेलिङ माबो सुझाउँछिन्, ‘मेटल होइन, इलेक्ट्रिक टुथ ब्रस, ओरब बी ब्रसले दाँत सफा गर्न राम्रो हुन्छ । सम्भव भए दैनिक दुई÷दुई मिनेटका दरले तीनपटक नत्र दुईपटक अनिवार्य दाँत सफा गर्नुपर्छ ।’ खाना खाइसकेपछि ब्रस गर्न सकिएन भने पानीले मुख कुल्ला गरेर दाँत स्वस्थ राख्न सकिन्छ ।

‘धेरैलाई थाहा नहुन सक्छ,’ डेन्टल नर्स सेलिङले सुनाइन्, ‘अनिदो बस्नाले गिजा सुनिनुका साथै दाँतलाई असर गर्छ ।’ स्वास्थ्यविज्ञानले कम्तीमा ६/६ महिनामा दाँत परीक्षण गर्नु भनेको छ । त्यतिमात्रै होइन, सालिन्दा ‘हाइजेनिस्ट’ बाट दाँत सफा गर्नुपर्छ ।

 

दाँतमा समस्या नआएसम्म परीक्षण नगर्ने नेपालीको बानी छ । पूर्वशिक्षिका समेत रहेकी उनले सतर्क गराइन्, ‘जति नै व्यस्त रहे पनि समय/समयमा दाँत परीक्षण गराउनुहोस् । दाँत रोगी भयो भने खानाको माध्यमबाट रोग बढ्दै जान्छ ।’

चिल्लो र गुलियो खानाले दाँतका रोगी बढ्दै गएका छन् । कारण त्यतिमात्रै होइन । सही तरिकाले सफा नगर्नाले दाँतको समस्या बढेको डेन्टल नर्स लीलाको बुझाइ छ । भन्छिन्, ‘सही तरिकाले दाँत सफा गरे ओरल क्यान्सर र फंगलजस्ता रोगबाट बच्न सकिन्छ ।’

दाँतबाट सफा राख्न सके १२ प्रकारका क्यान्सरबाट बच्न सकिने चिकित्सकको भनाइ छ । दसमध्ये ६ जना दाँतका बिरामीको सास गन्हाउँछ । त्यो पनि दाँतकै कारणले हो । ‘गलब्ल्याडर डिसफङ्सन, लिभर डिजिज, डाइबिटिज एन्ड साइनस’ ले गर्दा सास गन्हाउने गर्छ । सास गन्हाउन थालेपछि ब्रस गरेरमात्रै हुँदैन । दन्तविशेषज्ञको सल्लाहअनुसार उपचार गराउनुपर्छ ।

खानेकुराकै कारण केटाकेटीको दाँत बाङ्गोटिङ्गो हुन्छ । केटाकेटीको दाँत बाङ्गोटिङ्गो हुनुको ६० प्रतिशत कारण जिन र हेरिडिटी र ४० प्रतिशत खानेकुराले भूमिका खेलेको हुन्छ ।
खानेकुरा अड्क्यो भनेर सिन्काले दाँत कोट्याउने धेरैको बानी छ । सिन्काले दाँत कोट्याउनु राम्रो होइन । ‘दाँत कोट्याउने डेन्टल मेटेरियल्स हुन्छन् । इन्टर डेन्टल थ्रेड एन्ट टीपी ब्रसले दाँत कोट्याउनु उपयुक्त हुन्छ । सुन्दर दाँत, सुन्दर मुस्कान र स्वस्थ जीवनको सूचक हो,’ साइकोलोजी एन्ड क्रिमिनोलोजीमा स्नातकोत्तर गर्दै गरेकी डेन्टल नर्स लीलाले भनिन्,

‘कोल्ड ड्रिङ्क्स पिउनाले दाँत इनामेल नष्ट गर्छ । कोल्ड ड्रिङ्क्समा सोडा र एसपार्टमा हुने भएकाले दाँत टुक्रिने र कमजोर बनाउँछ । यसैगरी, सुपारी, पान, तमाखु, छुर्पी र चुइङ्गम चपाउँदासमेत दाँतको इनामेल नष्ट हुन्छ । तसर्थ, उल्लिखित वस्तु प्रयोग नगर्नु उत्तम हुन्छ ।’

निदाउँदा कतिपयले दाँत किट्ने गर्छन् । किट्दा दाँतको इनामेल नष्ट हुनुका साथै कमजोर बनाउने भएकाले सुत्दा प्लास्टिकको नाइट गार्ड लगाउनुपर्छ । दबाब दिएर सफा गर्दासमेत दाँत टुक्रिने र भाँच्चिने भएकाले होसियारपूर्वक दाँत सफा गर्नुपर्छ । सुत्नअघि दाँत सफा नगर्दा पनि स्वास्थ्यमा असर पार्छ । खानेकुरा खाएपछि दाँतमा अड्केको फोहोर गिजामा प्लाक्यु कडा हुँदै गएर दाँतको जरामा असर पार्छ ।

खानेकुराकै कारण केटाकेटीको दाँत बाङ्गोटिङ्गो हुन्छ । केटाकेटीको दाँत बाङ्गोटिङ्गो हुनुको ६० प्रतिशत कारण जिन र हेरिडिटी र ४० प्रतिशत खानेकुराले भूमिका खेलेको हुन्छ । कतिपयको जन्मदै दाँत पातलो हुन्छ । सम्बन्धित बच्चाको सुरुको विकासक्रममा उचित खाना, क्याल्सियम, भिटामिन डी र मिर्गौलासम्बन्धी समस्याले त्यस्तो हुने गर्छ ।

राम्रो देखाउन सुन लगाउँदा दाँत कमजोर बनाउनुका साथै गिजासमेत रोगी बन्न सक्छ । ‘युरोपका सौखिन बूढाबूढी दाँत फेर्ने रहर गर्छन् । बेलायतमा एक दाँत फेर्न ३३ सय पाउन्ड लाग्छ ? ३२ वटा फेर्न परे १ करोड ५८ लाख ४० हजार लाग्छ । बेलायती सुन्दरता र मुस्कानका लागि धेरै खर्च गर्छन्,’ साहित्यकारसमेत रहेकी लीलाले प्रस्ट्याइन्, रहरैरहरमा दाँत फेर्नु राम्रो होइन । प्राकृतिक दाँतको हेरचाह गर्न अल्छी गर्नुहुँदैन ।’

Loading...