विद्यालयको खेलमैदान भत्किदा पठनपाठनमा समस्या

डोल्पा । एक सातादेखि लगातार परेको अविरल वर्षाले मुड्केचुला गाउँपालिका वडा नं ८ ओक्टमा रहेको रारा निम्न माध्यमिक विद्यालयको खेलमैदान भत्किएको छ ।

विद्यालयको खेलमैदान भत्किएपछि विद्यार्थीको पठन पाठनमा समस्या उत्पन्न भएको छ । अविरल वर्षाले विद्यालय अगाडिको सीढी, पर्खाल र खेल मैदान भत्किदा विद्यार्थीहरु पठनपाठन गर्न समस्या भएको र वर्षा भइरहेको हुनाले फेरि पनि भत्किने अवस्था भएको हुँदा त्रासमै पठनपाठन भइरहेको रारा निम्न माध्यमिक विद्यालय ओक्टका प्रधानाध्यापक लंकमान बुढाले जानकारी दिए । हाल उक्त विद्यालयमा ३ सय ६ जना विद्यार्थीले अध्ययन गरिरहेका छन ।

वर्षाले तल्लो डोल्पाका विभिन्न ठाउँहरुमा खेतबारीदेखि बाटोघाटोमा समेत ठूलो क्षति पुर्याएको स्थानीयवासी लालबहादुर बुढाले जनाएका छन ।

 

Loading...