ओली सरकारमाथि कांग्रेस बुँदागत आलोचनाको वर्षा

काठमाडौँ । नयाँ वर्षको पहिलो दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले टर्रा गालीगलौज गरेर देशवासीका नाममा सम्वोधन गरे । सबैप्रति आलोचना गरिरहने प्रधानमन्त्री ओलीले कम्तिमा नयाँ वर्षका दिन नयाँ शैली र विषयवस्तुसहित सम्वोधन गर्ने अपेक्षा धेरैको थियो । तर, त्यस विपरित पुरानै शैलीमा नन्दी र भृंगी भन्दै प्रम ओली गालीमै उत्रेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले […]

पाथीभरा दर्शन गरेर फर्किएको अर्को सवारी फेरि पर्यो दुर्घटनामा

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्किएका तीर्थयात्री सवार गाडी दुर्घटनामा परेको छ । हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ भने ६ जना सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। गम्भीर घाइतेमध्ये ५४ वर्षीय मोतिमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, ८ वर्षीय निशान आचार्य, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल र […]

किन रिसाउँछन प्रधानमन्त्री र सञ्चारमन्त्री ? भ्रष्टाचार र रिसको स्रोतमाथि आहुतीको सटिक प्रहार

काठमाडौं, २६ चैत । चर्चित साहित्यकार तथा कम्युनिस्ट नेता बिश्वभक्त दुलाल आहुतीले सरकारमा रहेकाहरु मिडियाले आफ्नो भण्डाफोर गर्छ भनेर तर्सिएको बताएका छन् । काठमाडौंको अनामनगरमा रहेको रेडियो मिर्मिरेको १२ औ वार्षिक उत्सवका अवसरमा सोमवार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आहुतीले सरकारको नेतृत्व गर्नेहरुमा विपरित विचार वा आलोचना पच्दै नपच्ने मनोविज्ञान पैदा भएको बताए । […]

प्रधानमन्त्रीलाई रतन्धो लाग्यो, अब सबै क्रान्तिकारीहरु एक हुनुपर्छः मोहन बैद्य

काठमाडौं, २६ चैत । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले देशमा फासिवादी हैकम लागु भएको बताएका छन् । रेडियो मिर्मिरेको १२ औ वार्षिक उत्सवका अवसरमा सोमवार राजधानीको अनामनगरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव किरणले सो कुरा बताएका हुन् । सरकारले फासिवादको अभ्यासतिर अघि बढिरहेको भन्दै नेता किरणले त्यसको दृढतापूर्वक विरोध गर्ने […]

पत्रकार सम्मेलनमै कुलमान यसरी रिसाएर भने, ‘फेरि लोडसेडिङ गरेर देशलाई अध्यारोमा राख्ने चलखेल सुरु भयो’

काठमाडौं । देशमा लोडसेडिङ हटेको नरुचाउनेहरूले जनतालाई फेरि अध्यारोमा राख्न चलखेल सुरु भएको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ रिसाएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनी झोंक्किए । उनले भने ‘प्राधिकरणमा भएको विकृति अन्त्य गरेर ९ अर्ब घाटामा गएको संस्थालाई नाफामा लैजाने काम गरेँ, लोडसेडिङ पूर्ण रूपमा हटाउने काम गरेको देखी नसहनेले चलखेल […]

प्रधानमन्त्री ओलीले नैतिकता र कानुनी घात गरेर सफेद घुस खाएः पूर्वसहायक रथी

काठमाडौं । नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यातले प्रधानमन्त्री केपी शर्मा ओलीले सफेद रुपमा घुस खाएर घात गरेको बताएका छन् । एक अनलाइन टेलिभिजनसँग कुराकानी गर्दै बस्न्यातले रक्षामन्त्री र प्रधानमन्त्रीले सुरक्षा परिषदलाई वाइपास गरेर आफ्नो मनमौजी काममा सेना परिचालन गर्ने ध्येयका साथ विधेयक ल्याएको पनि आरोप लगाएका छन् । पूर्व सहायक रथी बस्न्यातले […]

बहालवाला प्रशासनका कर्मचारी नै न्यायाधिशमा सिफारिस

काठमाडाैं, २० चैत । न्याय परिषद्को न्यायाधीश सिफारिस विवादित बनेको छ । मंगलवार परिषद्ले सर्वोच्च अदालतमा ५ र उच्च अदालतमा १८ गरी २३ न्यायाधीश सिफारिस गरेको थियाे । सार्वजनिक भएका नाममध्ये अधिकांसको क्षमतामा प्रश्न चिन्ह खडा भएपछि सिफारिस विवादित बनेको हो । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलकी भान्जीदेखि परिषद् सदस्यको ज्वाईसम्म न्यायाधीश सिफारिस भएपछि न्याय […]

धुर्मुस र रवि लामिछाने फिल्डमै पुगेर पीडितलाई राहत वितरण गर्दै

काठमाडौं । कलाकारिता र पत्रकारिताबाट निकै चर्चा कमाएका सिताराम कट्टेल धुर्मुस र रवि लामिछाने बारा र पर्साका हावाहुरीबाट पीडितलाइृ राहत वितरण कार्यमा सक्रिय भएका छन् । बारा र पर्साका हावाहुरी पीडितको उद्धार तथा राहतका लागि पुगेका कलाकार सीताराम कट्टेल र पत्रकार रवी लामिछानेले टोली नै लिएर राहत वितरण गर्न थालेका हुन् । २७ जनाकाे ज्यान […]

अपडेट: साँझपख आएको भयानक हावाहुरी, बारामा मात्र २५ को मृत्यु ४०० बढी घाइते

बारा, १७ चैत । आइतबार साँझपख भयानक हावाहुरी आउँदा तराइका जिल्लामा ठूलाे जनधनकाे क्षति हुन पुगेकाे छ । हावा हुरीले बारामा मात्र २५ जनाकाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी हेमबहादुर शाहीले अहिलेसम्म २१ जनाको शव फेला परेको र बाँकीकाे खबर आउन बाँकी रहेकाे जनाएका छन्।  साँझपख एकाएक असिना र पानीसँगै आएको हावाहुरीले […]

साहित्यको पुँजीवादीकरण विरुद्ध

हिमालचन्द्र बराल हामी त्यस्तो युगमा बाँचिरहेका छौं जहाँ पुरानो कुरा मरिरहेको छ तर नयाँ जन्मिन सकिरहेको छैन । – एन्टोनियो ग्राम्सी इटालियन माक्र्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले निकै अघि मरुभूमिकरण हुँदै गइरहेको मानवीय सभ्यता र बाँझो हुँदै गइरहेको सिर्जनशीलताप्रति माथिको कथनमार्फत गम्भीर चिन्ता प्रकट गरेका थिए । सिङ्गो ब्रम्हाण्ड नियमित गतिमा छ र समाज पनि निरन्तर […]