चीनमा चालीस लाख यौनकर्मी, नेपाली महिला पनि तस्करको फन्दामा

काठमाडौं । चीनमा करिब ४० लाख महिला यौनकर्मी रहेको एक अध्ययनले देखाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिवेदनलाई आधार मानेर राष्ट्रिय मानव अधिकार आयोगले गरेको महिला बेचबिखनसम्बन्धी एक अध्ययनमा चीनमा ३० देखि ४० लाख महिला यौनकर्मीका रुपमा काम गरिरहेको उल्लेख गरेको छ । यसको प्रभाव नेपालमा पनि पर्दै गएको आयोगको प्रतिवेदनले औँल्याएको छ । […]

प्रवासीको सहयोगमा एम्बुलेन्स

बागलुङ, ३० साउन । नेदरल्याण्डसमा रहेका बागलुङेको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले एम्बुलेन्ससहित स्वास्थ्य उपकरण खरीद गरेको छ ।प्रवासी नेपालीको सहयोग खरिद गरेको एम्बुलेन्स केही दिनभित्रै सञ्चालनमा ल्याउने तयारी भएको र रक्तसञ्चार केन्द्रका लागि पनि उपकरण आइसकेको शाखाका उपसभापति राजेन्द्र आचार्यले बताए । “लेखानी, बिहुँलगायतका क्षेत्रबाट नेदरल्याण्डस पुग्नुभएका बागलुङवासी यसमा जोडिनुभएको छ”, उनले भने […]

बन्दुकधारी र सुरक्षाकर्मीबीच गोली हानाहान, ६ सुरक्षाकर्मी घाइते

काठमाडाैं । अमेरिकाको फेलाडेल्फियामा बन्दुकधारी र प्रहरीबिच गोली हानाहान भएको छ । गोली हानाहानको क्रममा कम्तिमा ६ सुरक्षाकर्मी घाइते भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । फेलाडेल्फिया मुख्य शहर नजिकै रहेको भवनमा बन्दुकधारीले गोली चलाएका हुन् । सरकारी अधिकारीले ‘ड्रग्स वारेन्ट’ गरिरहेका बेला गोली हानाहान सुरु भएको हो । स्थानीय समय अनुसार बुधबार बेलुका साढे ४ […]

पोखरामा अवैध बस्ने पर्यटक वृद्धि

चिप्लेढुङ्गा, २८ साउन । पोखरामा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या बढेको छ । पर्यटक प्रहरी कार्यालय लेकसाइडको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷७६ मा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या २२ रहेको छ । त्यसमा रुसका धेरै छन् भने अन्यमा लेवनान, फ्रान्स, टर्की, केन्या, पोल्याण्ड, बेलायत, यमन, चीन, नेदरल्याण्डस्का नागरिक छन् । उनीहरुलाई लेकसाइड आसपासका क्षेत्रबाट […]

पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय स्थल बनाउन सुझाव

काठमाडौँ, २८ साउन । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत एवं विश्वभर छरिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र भएर पनि पशुपति क्षेत्रलाई व्यवस्थित बनाउन राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सांसदहरुले सुझाव दिएका छन । समितिका सभापति दिलकुमारी रावलले भने ‘‘पशुपतिका […]

महोत्तरीका धार्मिकस्थल संरक्षण नपाएर खण्डहर बन्दै

महोत्तरी, २८ साउन । प्राचीन मिथिलाको मध्यअवस्थित महोत्तरी जिल्लाका पुराना ऐतिहासिक र पुरातात्विक महत्वका धार्मिकस्थल अब अस्तित्वको सङ्कट झेल्दैछन् ।कला, संस्कृति र धार्मिक सम्पदाले भरिपूर्ण मानिने प्राचीन मिथिलाको परिचय बोकेका धार्मिकस्थल समुचित संरक्षण र मर्मतसम्भार नहुँदा अब अस्तित्व सङ्कटको स्थितिमा पुगेका हुन् । हिन्दू, इस्लाम र बौद्ध परम्पराका ऐतिहासिक सम्पदा र स्थल अब खास पर्वमा […]

पर्यटकीय दृष्टिकोणले सबैको रोजाइ त्रिवेणीधाम

नवलपरासी, २८ साउन । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण स्थल मानिने पूर्वी नवलपरासीको त्रिवेणीधाम आजभोलि सबैको रोजाइ बन्दै गएको छ । उक्त धामलाई गजेन्द्र मोक्ष धाम पनि भन्ने गरिन्छ । पूर्वपश्चिम राजमार्गअन्र्तगत पश्चिम नवलपरासीको बर्दघाट बजारबाट २५ किलोमिटर पूर्वदक्षिण तथा पूर्वी नवलपरासीको दुम्किवासबाट करीब १५ किलोमिटर दक्षिणतर्फ अवस्थित यस धाम पछिल्लो पटक आन्तरिक […]

लक्जेम्बर्ग सरकारद्वारा लामिछानेलाई उच्च सम्मान

काठमाडौँ, २८ साउन । दुई दशकभन्दा बढी समयदेखि लक्जेम्बर्ग–नेपाल सम्बन्ध सुदृढीकरणमा योगदान गरेवापत नेपाल स्काउटका पूर्वप्रमुख आयुक्त श्रीराम लामिछानेलाई लक्जेम्वर्ग सरकारले उच्च विभूषणसहित सम्मान गरेको छ । नेपालका लागि लक्जेम्बर्गका अवैतनिक वाणिज्यदूतसमेत रहनुभएका लामिछानेलाई सोमबार राति राजधानीमा आयोजित विशेष समारोहमा ‘द अर्डर अफ वक क्राउन अफ द ग्र्याण्ड डुचे अफ लक्जेम्बर्ग’ बाट सम्मान गरिएको हो […]

मलेसियामा अबैध भएर बसेका नेपालीलाई घर फर्कन ६ महिने अल्टिमेटम

२३ साउन, क्वालालम्पुर । मलेसियामा विविध कारणले अवैधानिक भएर बसेका नेपालीसहित सबै विदेशी नागरिकहरु ६ महिना भित्र मलेसिया छोड्नुपर्ने भएको छ । मलेसिया सरकारले उनीहरुलाई आ–आफ्नो देश फर्कन ६ महिनाको अवसर दिएको छ। अवैध कामदारलाई घर फर्किनका लागि दिएको समय बिहीबार अर्थात अगस्ट १ बाट शुरु भएको छ । मलेसियन सरकारले साउन १६ गतेदेखि आउँदो […]

स्याङ्जा समाजले जापानका दुई ठुला शहर नागोया र टाेकियोमा ‘तीज धमाका’ गर्ने

टाेकियाे । नेपाली नारीहरुको महान पर्ब हरितालिका तिजको अवसरमा स्याङ्जा समाज जापानले जापानका दुई ठुला शहर नागोया र तोकियोमा “तीज धमाका २०१९ नामक ” तीज कार्यक्रम गर्ने भएको छ । कार्यक्रम नागोयामा नागोया स्थित नागोया कोकुसाइ सेन्टेरमा आगामी अगस्ट ३१ तारिक शनिबार दिउसो २:३० देखी २०:३० बजे हुने छ भने टोकियोमा सेक्टेम्बर १ मा टोकियो […]