लक्जेम्बर्ग सरकारद्वारा लामिछानेलाई उच्च सम्मान

काठमाडौँ, २८ साउन । दुई दशकभन्दा बढी समयदेखि लक्जेम्बर्ग–नेपाल सम्बन्ध सुदृढीकरणमा योगदान गरेवापत नेपाल स्काउटका पूर्वप्रमुख आयुक्त श्रीराम लामिछानेलाई लक्जेम्वर्ग सरकारले उच्च विभूषणसहित सम्मान गरेको छ ।

नेपालका लागि लक्जेम्बर्गका अवैतनिक वाणिज्यदूतसमेत रहनुभएका लामिछानेलाई सोमबार राति राजधानीमा आयोजित विशेष समारोहमा ‘द अर्डर अफ वक क्राउन अफ द ग्र्याण्ड डुचे अफ लक्जेम्बर्ग’ बाट सम्मान गरिएको हो ।

नेपालका लागि लक्जेम्बर्गका राजदूत जेन क्लाउडी कुग्नेरले वाणिज्यदूत लामिछानेलाई उक्त विभूषण प्रदान गर्दै ४४ वर्ष पुरानो द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफू प्रतिबद्ध रहेको बताए ।

गत वर्ष परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबाट भएको लक्जेम्बर्ग भ्रमणको चर्चा गर्दै उनले निकट भविष्यमा मन्त्री ज्ञवालीको निमन्त्रणामा आफ्नो देशको विदेशमन्त्रीले नेपाल भ्रमण गर्ने सम्भावना रहेको बताए ।

त्यस अवसरमा परारष्ट्रसचिव शङ्करदास बैरागी, अवैतनिक वाणिज्यदूत नेपालका डिन प्रदीपकुमार श्रेष्ठ र वाणिज्यदूत लामिछानेले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न लक्जेम्बर्गका नागरिकलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्न राजदूतसमक्ष आग्रह गरे ।

Loading...