सिंहदरबारको हिरासतबाट अचानक फरार भएका वाइवा फेरि पक्राउ

काठमाडौं, २८ साउन । महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतबाट एकाएक फरार भएका एक बन्दी फेरि पक्राउ परेका छन् ।

चोरी मुद्दामा पक्राउ परेका काठमाडौं टोखा बस्ने मकवानपुर थाहा नगरपालिका सिस्नेरी-६ घर भएका २१ वर्षीय सुकुलाल वाईवालाई सोमबार बिहान प्रहरीले पुन पक्राउ गरेको हाे ।
वाइवा साउन २५ गते बिहान महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासत कक्षको झ्यालको रड ह्याक्सो ब्लेडले काटेर फरार भएका थिए । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बौद्ध दक्षिण ढोकामा फेला पारेकाे हाे ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...