सुर्खेतलाई अपराधमुक्त बनाउँछौँ

सुर्खेत, १० असोज । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले सुर्खेतलाई अपराधमुक्त जिल्ला बनाइने बताए । राजधानी वीरेन्द्रनगरमा आपराधिक गतिविधि बढेको जनगुनासो आएकाले यस जिल्लालाई अपराधमुक्त जिल्ला बनाउने तयारीमा आफू लागेको उनले बताए । “अपराधमुक्त समाज निर्माणका लागि प्रहरी अहोरात्र खट्ने छ नै”, प्रहरी उपरीक्षक पन्तले भने, “यसका लागि पत्रकार, कर्मचारी, राजनीतिक […]

चार प्रदेशमा पर्यटन प्रवद्र्धन अभियान

कास्की, १० असोज । समृद्धिको प्रमुख आधार पर्यटनलाई मानेको गण्डकी प्रदेश सरकारले १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष मनाइरहेको छ । गत वर्ष फागुन ९ गते पर्यटन वर्ष घोषणा गरेको सरकारले पर्यटन वर्ष सकिन तीन महीना बाँकी रहँदा ‘आन्तरिक पर्यटन वर्ष २०१९–२२’ सफल पारौँ भन्ने नारासहित आफ्नो लक्ष्य पूरा गर्न […]

विश्वकै सबैभन्दा ठूलो एअरपोर्ट चार वर्षमै बनायो चीनले

एजेन्सी । चीनले ११ अर्ब अमेरिकी डलर खर्च गरेर चार वर्षमा निर्माण गरेको विशाल विमानस्थल बुधबारदेखि खुला गरेको छ । देशको ७० औँ वार्षिकोत्सवको अवसर पारेर चीनका राष्ट्रपति सी जिङपिङले बुधबार नयाँ ‘ड्याक्सिङ इन्टरनेसनल एअरपोर्ट’ को औपचारिक उद्घाटन गरेका हुन् । यो नयाँ विमानस्थल ९८ ओटा फुटबल मैदान जत्रो रहेको छ । यो विमानस्थल ‘स्टारफिस’ […]

भ्रमण वर्षलाई थपिए २० पर्यटकीय बस

काठमाडौँ, ९ असोज । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै प्रवद्र्धनात्मक गतिविधि प्रभावकारी रुपमा अघि बढिरहेको छ । यसै सन्दर्भमा ‘स्विफ्ट होलिडेज’ कम्पनीले पर्यटकका लागि आरामदायी र सर्वसुलभ यात्रा गराउने उद्देश्यका साथ सेवा शुरु गरेको छ । […]

राजदूतद्वारा नेपाल भ्रमण वर्षको निम्तो

काठमाडौँ, ९ असोज । बहराइनका लागि नेपालका राजदूत पदम सुन्दासले संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा नेपाली राजदूतावास मनामा, बहराइनद्वारा आयोजित कार्यक्रममा बहराइनीलाई नेपाल भ्रमणको निम्ता गरे । बहराइन सरकारका परराष्ट्र सचिव डा सैखा राना विन्ट लसा अल खलिफाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बहराइन सरकारका उच्चपदस्थ अधिकारी, बहराइनस्थित विभिन्न मुलुकका राजदूत तथा पदाधिकारी, अन्तरराष्ट्रिय […]

मुस्ताङ जाने पर्यटकका लागि बागलुङ आकर्षक गन्तव्य

गलकोट, ९ असोज । मुक्तिनाथ जाने पर्यटकले बागलुङका होटलहरू भरिभराउ हुन थालेका छन् । भदौको अन्तिम सातादेखि नै यहाँका होटलमा पर्यटकको चाप बढ्न सुरु भएको हो । विशेषगरी भारतीय तीर्थयात्रीको महत्वपूर्ण धार्मिक गन्तव्य बनेको मुस्ताङको मुक्तिनाथ पुग्ने पर्यटकलाई बागलुङका धार्मिकस्थलहरुले आकर्षित गर्न थालेपछि यहाँका होटलहरू भरिभराउ हुन थालेका छन् । जिल्लामा आकर्षक गन्तव्यस्थलका रुपमा रहेका […]

पर्यटन पूर्वाधार विकासमा जोड दिन आग्रह

चिप्लेढुङ्गा, ८ असोज । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले पर्यटन व्यवसायीबीचको अस्वस्थ प्रतिष्पर्धाले पर्यटन क्षेत्रलाई धरासायी बनाउने बताएका छन । पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) ले आज पोखरामा गरेको ‘पोखराको पर्यटन हिजो, आज र भोलि’ विषयक अन्तक्र्रिया कार्यक्रममा प्रदेश प्रमुख कुँवरले व्यवसायी–व्यवसायीबीचको अस्वस्थ प्रतिष्पर्धाले द्वन्द्वले दोष अरुलाई देखाउने आफ्नो जिम्मेवारी बिर्सने कार्य पर्यटन क्षेत्रमा देखिएको […]

पर्यटन वर्षलाई सघाउन पालिकामा उपसमिति

बागलुङ, ८ असोज । गण्डकी प्रदेशले घोषणा गरेको पर्यटन वर्ष सन् २०१९–२०२२० सफल पार्न जिल्लाका स्थानीय तहमा उपसमिति गठन गरिएको छ । जिल्लास्तरीय समन्वय उपसमितिका अनुसार बागलुङ, गलकोट, ढोरपाटन, जैमिनी नगरपालिका, बरेङ, काठेखोला र बडिगाड गाउँपालिकामा उपसमिति गठन भइसकेको छ । तमानखोला, निसीखोला र ताराखोला गाउँपालिकामा आजभोलिमै उपसमिति गठन गर्ने तयारी छ । पालिकास्तरीय उपसमिति […]

प्रविधिसँग जोडिँदै महेन्द्र र चमेरे गुफा

चिप्लेढुङ्गा, ८ असोज । प्रविधिसँग शहरलाई जोड्ने क्रमसँगै पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफा तथा चमेरे गुफामा निःशुल्क वाइफाइ सेवा शुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने उक्त गुफा घुम्न आउने पर्यटकको सहजताका लागि वाइफाइ सुविधा राखिएको महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराईले जानकारी दिए । विन्ध्यवासिनी माविको संरक्षण […]

डेङ्गुका कारण पर्यटक आएनन्

चितवन, ७ असोज । साउन महीनादेखि क्रमशः बढेको डेङ्गुको सङ्क्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । सङ्क्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ । भदौ १५ गतेपछि सौराहामा पर्यटकको आगमन बढ्ने गरेकामा यस वर्ष भने न्यून सङ्ख्यामा आएका छन् । चितवनस्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक […]