आफ्नो पार्टीको नाम जवरजस्त राखिए केपी–प्रचण्ड विरुद्ध अदालत जाने ऋषि कट्टेलको चेतावनी

अाेली र दाहाल कम्युनिस्ट नै हाेइनन : कट्टेल

काठमाडौं, ९ फागुन । दर्तावाला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषि कट्टेलले प्रधनमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुखभरिको जवाफ दिएका छन् ।

नेता कट्टेलसँग कुनै सल्लाह नै नगरी आफ्नो एकीकृत पार्टीको नाम नेकपा राख्ने निर्णय गरेका ओली प्रचण्ड कम्युनिष्ट नै नभएको उनको भनाई छ ।

‘नेपाल कम्युनिस्ट पार्टी ०६९ मा निर्वाचन आयोगमा दर्ता गरेका हौँ । तर, अहिले आएर एमाले–माओवादीले पनि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नै राख्ने सहमति गरेको मैले पनि सुनेको छु । उहाँहरूले पनि दल दर्ता गर्ने त निर्वाचन आयोगमै होला । सडकमा दर्ता गरेर त दल बन्दैन होला । सत्ताको दबाबमा आयोगले दुईवटा पार्टीलाई एउटै नाम दिन्छ भन्ने मलाई लाग्दैन । त्यसो भयो भने हामी जाने अदालतमै हो ।’

सत्ताको दबाबमा आयोगले आयोगले दुईवटा पार्टीलाई एउटै नाम दिने षडयन्त्र गरे अाफु अदालत जाने उनकाे चेतावनी समेत छ ।

‘हाम्रो र उनीहरूको पार्टीको विचार नै मिल्दैन । त्यसैले एकताको कुनै सम्भावना नै छैन । तर, यतिखेर हामीलाई बडो अचम्म लाग्या छ । जो विचारमा कम्युनिस्ट नै छैन, उसलाई किन कम्युनिस्ट पार्टी नाम चाहिएको हो ? तर, उनीहरूलाई चाहियो भन्दैमा हामीले दिने कुरै छैन । उनले भनेका छन् ।

सोमबार मात्रै एकताका लागि सहमती गरी नयाँ नाम जुराएका एमाले-माअ‍ोवादीलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ । अब कुनैपनि हालतमा उनीहरुले नेकपा नाम पाउने छैनन् । नेता कट्टेल अध्यक्ष रहेको ‘नेपाल कम्युनिष्ट पार्टी’ गत मंसिर १० र २१ गते भएको निर्वाचनमा ‘घन र कोदालो’ चिन्ह लिएर सहभागी भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीको नाम नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले पनि दाबी गर्दै आएको छ तर चन्दले आयोगमा दल दर्ता भने गराएका छैनन् । आयोगले पहिला नै सोही नाममा अर्को दल दर्ता भएको अवस्थामा नयाँ दल सोही नाममा दर्ता गर्न नमिल्ने बताएको छ ।

जनीतिक दलसम्बन्धी ऐनको दफा ६ को १ (ङ) मा दलको नाम वा चिन्ह आयोगमा दर्ता भईसकेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा दर्ता हुन नसक्ने उल्लेख छ । नेकपा एमाले र माओवादी केन्द्र मिलेर अब एउटै कम्युनिस्ट पार्टी बनाउने एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमतिमा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राति ११ बजेसम्म चलेको एकता संयोजन समिति बैठकले पार्टीको नाम नेकपा राख्ने निर्णय गरेको हो । दुवै दलका अध्यक्षसहित आठ जनाले पार्टी एकता गर्ने सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार एकीकृत पार्टीको निर्देशक सिद्धान्त ‘मार्क्सवाद र लेनिनवाद’ रहनेछ । अव नेकपा एमाले र माओवादीले पपनि अर्को नयाँ नाम राख्नुपर्ने छ ।

Loading...