विदेश घुमेर कर्मचारीले २ महिनामा राज्यकाेषकाे एक अर्ब स्वाहा पारे

काठमाडौं, २८ असार । पछिल्लो दुई महिनामासरकारका १ हजार ४ सय ४२ कर्मचारीले विदेश भ्रमण गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन्। यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा भएको सामान्य हिसाबमात्र हो।

ती कर्मचारीले यस अवधिमा एसिया, अफ्रिका, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलियाकाविभिन्नमुलुकको भ्रमण गरेका हुन् । ‘यस अवधिमा कर्मचारीहरू अन्टार्टिकाबाहेक सबै महादेशपुगेका छन् ।

सरकारले स्थानीय तहको चुनावयता वैदेशिक भ्रमणलाई निरुत्साहित गर्न विभिन्न कदम चाले पनि त्यो प्रभावकारी नभएको देखिएको छ ।

दुई महिना अवधिमा १ हजार ४ सय ४२ सरकारी कर्मचारीले ४९ देश भ्रमणका लागि सरकारबाट स्वीकृति लिएको नागरिकले प्राप्त गरेको विवरणमा उल्लेख छ । दुई महिनामा ३९ वटा समूहमा गरी १ सय ८ कर्मचारी दक्षिण कोरिया भ्रमणमा गएका छन् । यसपछि ४८ समूहमा गरेर ९० जनाले अमेरिका भ्रमण गरेका छन् ।

विभिन्न मुलुकमा भ्रमण गर्ने कर्मचारीमा अस्ट्रेलिया६०, अस्ट्रिया३, बहमास४, बहराइन७, बंगलादेश२२, बेल्जियम२२, भुटान१, कम्बोडिया१५, चिली७ र चीन६६ जना छन् ।

यसैगरी डेनमार्क११, इजिप्ट६, फ्रान्स३, जर्मनी ३७, हङकङ१, इरान१२, इजरायल७, इटाली४५ र जापान३४, जोर्डन२३, मलेसिया७३, मेक्सिको१, मंगोलिया३३, मोरक्को१ र म्यान्मार४६जना कर्मचारी भ्रमाणमा पुगेका छन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...