ट्रम्पका छोराले सबै देखाइदिएपछि अमेरिकनहरु अाक्राेशित

अमेरिका । रुससँगको सम्वादबारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराले इमेल श्रृंखला सार्वजनिक गरेका छन । राष्ट्रपति ट्रम्पले छोराले गरेको उक्त काम पारर्दशी भएको बताएका छन्।

इमेलमा उनले गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले सहयोग गरेको कुरालाई स्वागत गरिएको छ। इमेलमा ट्रम्प जुनियरलाई उनका पिताकी प्रतिस्पर्धी हिलरी क्लिन्टन लान्छित हुने औपचारिक दस्तावेज दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।

रुसी वकिलले “संवेदनशील” सुचना दिने बताएपछि ट्रम्पका छोराले इमेलमा भनेका छन्, “यदि त्यसो हो भने त्यो मलाई असाध्यै मन पर्नेछ”।

इमेल प्रकरण बढ्दै जाँदा क्रेमलिन सम्बद्ध भनिएका रुसी कानुन व्यवसायीसँग भेटवार्ता गरिएको थियो । राष्ट्रपति ट्रम्पका ज्वाईँ जारेद कुशनर पनि बैठकमा सहभागी थिए।

इमेलहरुबाट रुसी सरकारले ट्रम्प अभियानलाई सूचना उपलब्ध गराउन चाहेको स्पष्ट भएको उनले बताए । उनले राष्ट्रपतिको समूहले मस्कोसँगको सम्बन्ध अस्वीकार गरेको कुरालाई अब नयाँ पृष्ठभूमिमा हेरिनुपर्ने बताए। शीफले भने गुप्तचरी समितिले रुसी अधिवक्तासँगको बैठक सम्बद्ध हरेकसँग कुरा गर्नुपर्ने हुन्छ। 

राष्ट्रपति ट्रम्पका छाेराकाे याे कदमप्रति केही अमेरिकनहरु भने अाक्राेशित बनेका छन् । अमेरिकी संसदको गुप्तचरी समितिका सबभन्दा बरिष्ठ सदस्य एडम सिफले इमेल प्रकरणको खुलासा असाध्यै महत्वपूर्ण र गम्भीर दुखको कुरा भएको बताएका छन् । ट्रम्प पुत्रले यही बेला यी कुराहरु किन सार्वजनिक गरे भन्ने प्रश्न पनि यससँगै उठेकाे छ । साथै उनले अझै के के कुरा सार्वजनिक गर्ने हुन भन्ने कुरामा पनि धेरैले प्रश्न गरिरहेका छन् । यसबाट राष्ट्रपतिय चुनावी दाैरानमा ट्रम्पमाथि रुससँग साँठगाँठ गरेकाे भन्दै प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले लगाएकाे अाराेपकाे पनि पुष्टि भएकाे छ । 

Loading...