एट्लेटिकोसँग उपाधि विजेता रियल मड्रिड पराजित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत एट्लेटिको मड्रिडले उपाधि विजेता रियल मड्रिडलाई १-० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान मड्रिड डर्बीमा आइतबार राति भएको खेलमा एट्लेटिकोलाई जिताउन खेलको ४०औं मिनेटमा यान्निक कारास्कोले पेनाल्टी मार्फत गोल गरे ।

यूइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको रियलले यसअघिनै ला लिगाको उपाधी जितिसकेको छ ।

पराजित भए पनि ३५ खेलमा ८१ अंक जोडेको रियल शीर्ष स्थानमा यथावत छ । जितसँगै एट्लेटिकोले ३५ खेलबाट ६४ अंक जोडेर चौंथो स्थानमा छ ।

Loading...