देउवाको जिल्लामा मतपेटिका सदरमुकाम ल्याउन नै कठिन, मतपेटिका बोकेको गाडीमा बम प्रहार

धनगढी, २२ मंसिर । डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट हुँदा कर्मचारी र प्रहरीको भागाभाग परेको छ। शुक्रबार बिहान ९ः३० बजेतिर जिल्लाको पर्शुराम नगरपालिका–१२, कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो । डडेल्धुरामा मतपेटिका संकलन गर्न नै निकै कठिन भइरहेकाे बताइएकाे छ ।

विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको इलाका प्रहरी कार्यालय, जोगबुडाले जनाइएको छ । मतपेटिका भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । अहिलेसम्म १ सय १७ वटा मतदान केन्द्र मध्ये ७६ मतदान केन्द्रका मतपेटिकाहरु जिल्ला सदरमुकाम ल्याइएको छ भने ४१ वटा केन्द्रका मतपेटिका आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत डा रमेशप्रसाद रिजालले जानकारी दिए ।

सबै मतपेटिका जिल्ला नपुगेका कारण मतगणना अझै ढिलो हुने जनाइएको छ ।

Loading...