धेरै पछि एउटा गजल पस्किएँ हजुर

हिमालचन्द्र बराल

नेताहरु भाेट किनेर देश बेच्ने सुरसारमा छन्

देश बनाउने हातहरु भने साउदीकतारमा छन्

 

अाफ्नै मुटु छाम्ने फुर्सद पनि छैन यहाँ कसैलाई

कहाँ पुग्नलाई हाे कुन्नि सबैजना हतारमा छन्

 

कति सुन्नु लेख्नु अनि पढ्नु हाेला एकनासे कुरा

इन्द्रियहरु मेरा अब बसाइँ सर्ने विचारमा छन्

 

विश्वासको छातिमा जानाजान छुरा धस्ने खुनीहरु

रिझाएर ईश्वर छल्न मन्दिरसामु लम्पसारमा छन्

 

अर्थ गुमाएका खाेक्रा शब्दहरु मात्रै बाँकी रहे

अात्माहरु पनि अचेल माेलताेलकाे बजारमा छन्

Loading...