एमाले अध्यक्ष ओलीले तेस्रो पटक संसद विघटन गर्न खोजिरहेका छन् : अध्क्षय दाहाल

पुष १०,   काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख नेकपा एमालेले तेस्रो पटक संसद विघटन गराउन खोजेको आरोप लगाउनुभएको छ ।

माओवादी केन्द्रले आज विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग गरिएको छलफल कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनलाई निरन्तरता दिन एमालेले संसद अवरुद्ध गरिरहेको बताउनुभएको हो ।

अध्क्ष्य दाहालले भन्नु भयो ‘एमाले अध्यक्ष ओलीले तेस्रो पटक संसद विघटन गर्न खोजिरहेका छन्, पहिलो पटकको विघटन सडकबाट बदर गर्‍यौं,’ उहाँले भन्नुभयो, ‘दोस्रो पटकको विघटन अदालतबाट बदर गर्‍यौं, तेस्रो पटक पनि प्रयास भइरहेको छ, हामी हुन दिन्नौं ।’

एमालेले सदनमा जात्रा गरिरहेको टिप्पणी गर्दै माधव नेपाल सदनमा देखिएसम्म सदन चल्न नदिने एमालेको कदम अदालतको फैसलाअनुसार नभएको बताउनु भयो।

Loading...