कंकेश्वरी एकायन कराते सम्पन्न

  मंसिर ४ ,काठमाडौँ /
नेपाल एकायन कराते संघ कंकेश्वरी शाखाको आयोजनामा तेस्रो कंकेश्वरी खुल्ला अन्तर विद्यालय एकायन कराते प्रतियोेगिता मंसीर २ गते सम्पन्न भयो ।
विशेष अतिथि पुर्व सभासद प्रभा देवी बज्राचार्यले पानसमा बत्ती वाली उद््घाटन गर्न भएको थियो भने कार्यक्रमको समापनमा विजयी खेलाडीहरुलाई नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोल, सल्लाहकार आनन्द बहादुर शाही, शंकर महर्जन, समाजसेवी गोपाल महर्जन, नेपाल एकायन कराते संघका कोषाध्यक्ष रीता श्रेष्ठ, नेपाल ओलम्पिक कमितिका अध्यक्ष जिबन राम श्रेष्ठले विजयी खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गर्नु भएको थियो । प्रतियोगितामा १८ वटा विद्यालयका ९२ जना खेलाडीहरुको सहभागिता रहेको थियो । १० वर्ष देखि १८ वर्ष सम्मका २५ केजी मुनि तौल समूह देखि ५५ केजी मूनि तौल समूह गरी ७ वटा तौल समूहमा भएको प्रतियोगिता शान्ति निकुञ्ज माध्याविक विद्यालय मरुहिटिमा भएको थियोे ।

कंकेश्वरी शाखाका उपाध्यक्ष प्रतिक खड््गीको संयोजकत्वमा भएको प्रतियोगितामा मुख्य निर्णायक भरत धौलाकोटी र सुजित श्रेष्ठ सहायक निर्णायक अन्सुमन चौधरी, रुपेश मगर, निकिल बोगटी, सुरेश धौलाकोटी र किशोर पाख्रिन रहेको थियो भने निर्णयाधिशमा श्रीजन अधिकारी रहेको थियो । उक्त प्रतियोगितामा २५ केजी मुनि तौल समूहमा ओपन–हाउस सेकेन्डरी इ.स्कलका अनिज क्षेत्री प्रथम, ओपन–हाउस सेकेन्डरी इ. स्कूलका आकाश श्रेष्ठ द्वितिय र ओपन–हाउस सेकेन्डरी इ. स्कूलकै युमन गदाल तृतिय भएका थिए । त्यसैगरी ३० केजी मुनि तौल समूहमा एलिश राई काठमाडौं मोडेल स्कूल, यरन घिमिरे गिताञ्जली उच्च मा. वि., सुजित शाह काठमाडौं मोडेल स्कूल क्रमशः प्रथम, द्वितिय र तृतिय भएका थिए । ३५ केजी तौल समूहमा प्रज्ञा बोर्डिङ्ग स्कूलका सोम घले प्रथम, दिपशिखा सेकेन्डरी स्कूलका सन्जित धिताल द्वितिय र दिपशिखा सेकेन्डरी इ. स्कूलका रिजन कपुर पौडेल तृतिय भएका थिए । त्यसै ४० केजी मुनि तौल समूहमा प्रथम मुस्कान पुन मगर दिपशिखा सेकेन्डरी स्कूल, द्वितिय सनि तामाङ्ग शोभा भगवती इ. स्कूल र तृतिय करिश महर्जन काठमाडौं मोडेल स्कूल भएका थिए । त्यसैगरी ५० केजी मुनि तौल समूहमा सजिन महर्जन प्रथम एलिप्स स्कूल, सन्तोष श्रेष्ठ द्वितिय नेपाल युवक मा. वि. र सुरज लामा तृतिय गितामाता उच्च मा. वि. भएका थिए । विजय तामाङ्ग दिपशिखा सेकेन्डरी इ. स्कूल, शंखर धौलाकोटी गितामाता उच्च मा. वि. र आशिस घिमिरे जुध्वोदय मा.वि. ५५ केजी मूनि तौल समूहमा क्रमशः प्रथम, द्वितिय र तृतिय भएका थिए । जसमा महिला ४५ केजी मुनि तौल समूहमा मनिषा घले सिद्धि गणेश उच्च मा. वि. प्रथम, सुजाता सुन्दास दिपशिखा सेकेन्डरी इ. स्कूल द्वितिय र दिपशिखा सेकेन्डरी इ. स्कूलकै विधाता राई तृतिय भएकी थिइन ।  

Loading...