वर्ल्डलिंकले ल्यायो गजबको अफर ‘तीनको तड्का’

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले ‘तीनको तड्का’ नामक अफरमा भारी छुट, डबल ब्यान्डविड्थ र फ्री नेटटिभी प्रदान गर्ने ग्राहक योजना सुरुवात गरेको छ ।

तीनको तड्का अन्तरगत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना नविकरण गर्ने ग्राहकहरुलाई ४० प्रतिशतसम्मको छुट प्रदान गर्ने, सबै प्याकेजका वार्षिक इन्टरनेट सेवा खरिद गर्ने ग्राहकहरुलाई निःशुल्क नेट टिभीको सेवा प्रदान गर्ने तथा हालको ५ एमबीपीएसको प्याकेजलाई दोब्बर गरी १० एमबीपीएसको प्याकेजमा रुपान्तर गर्र्नेे जनाएको छ ।

पहिलेदेखि नै प्रदान गरिरहेको ५ एमबीपीएसको सेवा चलाईरहेका ग्राहकहरुले यो योजना अन्तरगत स्वतः १० एमबीपीएसको सेवा पाउने छन् । ५ एमबीपीएसको सेवा लिन चाहने ग्राहकहरुलाई वार्षिक रुपमा नयाँ सेवा जडान गर्दा १० एमबीपीएसको सेवा, योजना अन्तरगतको छुट सहित जडान खर्च, राउटर तथा फाईवर तारको शुल्क बुझाउन नपर्ने भएको छ साथै ३ महिनाका लागि निःशुल्क नेट टिभि समेत समावेश गरेको छ ।

वल्र्डलिंकको २५ एमबीपीएसका प्याकेजको खरिदमा एक वर्षको भुक्तानी तथा नविकरण गर्दा प्याकेजमा छुटका साथै ६ महिनाको लागि निःशुल्क नेटटिभीको सेवा लिन सकिने छ, ५० एमबीपीएसको प्याकेजको खरिदमा वार्षिक भुक्तानी तथा नविकरण गर्दा १ वर्षकै लागि निःशुल्क नेटटिभी तथा छुट समेतको योजना रहेको छ ।
कम्पनीको मुख्य उद्देश्य ग्राहक लक्षित भएकाले ग्राहकलाई प्रदान गर्ने सेवा सर्वसुलभ बनाउने, जहाँ पनि सबै समय सबैलाई जोडने लक्ष्य अनुसार तीनको तड्का ग्राहक योजना तीन महिनासम्म लागू हुनेछ ।

Loading...