मकवानपुरमा विभत्स घटना, अापसमा खुकुरी हानाहान हुँदा ३ जनाकै मृत्यु

मकवानपुर, २८ कार्तिक । मकवानपुरकाे मनहरीमा एउटा विभत्स घटना भएकाे छ । मनहरी गाउँपालिका वडा न‌ं. ७ मा खुकुरी प्रहारबाट ३ जनाकाे मृत्यु भएकाे हाे ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार स्थानीय समील दादा भनेर चिनिने समन बराइलीले खुकुरी हानेर तीन जनाकाे हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भने मनहरीमा खुकुरी हानाहानकाे खबर अाएकाे र एक जनाकाे मृत्यु भएकाे जानकारी दिएकाे छ । तर, स्थानीयले भने खुकुरी प्रहारबाट घाइते भएका दुर्इ जनाकाे पनि मृत्यु भइसकेकाे जानकारी दिएका छन् ।

समिल दादाले खुकुरी प्रहार गरेपछि सुरुमा बिजौनाका ५२ बर्षिय सिताराम धिताल, उनका १७ बर्षिय छोरा सुजन धितालकाे मृत्यु भएकाे थियाे । साथै साेही ठाउँमा रहेका ६५ वर्षीय जीतबहादुर ब्लाेन गम्भीर घाइते अवस्थामा अस्पताल लगिदै गर्दा बाटाेमै मृत्यु भएकाे बुझिएकाे छ ।  

खुकुरी हानेर तीन जनाकाे हत्या गर्ने बराइली फरार भएका थिए । भाग्दै गरेका बराइलीलार्इ पक्रनका लागि प्रहरीले गाेली समेत चलाएकाे बताइएकाे छ । उनलार्इ केहीबेरपछि प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । घटनाकाे विस्तृत विवरण भने अाएकाे छैन । इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक चित्रबहादुर घलेले यसबारे अध्ययन गरिरहेकाे जानकारी दिए । 

 

Loading...