नेमकिपा सचिव सुवालले दमननाथलाई भारतको भनेपछि अध्यक्ष बिजुक्छेले भने,”समर्थन छैन”

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आफु र आफ्नो पार्टीले काँग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई समर्थन नगरेको बताएका छन ।

 

नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुंगाना नेमकिपा अध्यक्ष बिजुक्छेको मीत भएको र उनको समर्थनमा नेमकिपाले २ नम्बरमा कमजोर उम्मेदवार उठाएको हल्ला भक्तपुरभरि फैलिएप५ि बिजुक्छेले ढुंगानाकाे समर्थनमा आफुहरु नरहेको बताएका हुन् ।

 

 

सोमबार भक्तपुरमा आयोजित पत्रकार-उम्मेदवार साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेले कांग्रेस उम्मेदवार ढुङ्गानालाई आफ्नो पार्टीको समर्थन नरहेको प्रष्ट पारे । आफुहरुको जीत बाट आत्तिएर कांग्रेसले क्षेत्र नम्बर २ मा नेमकिपाको समर्थन रहेको हल्ला फिँजाएकोले हल्लाको पछाडी नलाग्न समेत उनले सचेत गराएका छन् ।

 

अध्यक्ष बिजुक्छेले गैरलोकतन्त्रवादीहरुले लोकतानित्रक गठबन्धन र गैरवामपन्थीहरुले वामपन्थी गठबन्धन बनाएको आरोप लगाउदै यो दुवै चुनावी गठबन्धनले देश र जनतालाई फाइदा नपुर्याउने जिकिर पनि गरे ।

 

उक्त साक्षात्कार कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले एमालेका महेश बस्नेत पैसावाला उम्मेदवार र दमननाथ ढुंगाना भारतको उम्मेदवार भएको भनेका थिए भने
क्षेत्र नं. २ की उम्मेदवार अनुराधा थापामगरले राज्यको ढुकुटीबात १८ करोड रुपैयाँ बाँडेर सरकारले आचार संहिता उलंघन गरेको आरोप लगाएकी थिइन् ।

 

नेमकिपाबाट प्रदेश सभाका लागि प्रेमजन थापा, निरज लवजु,सुरेन्द्रराज गोसाई र सरोजराज गोसाइ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

Loading...