आपत्तिजनक अवस्थामा वडाध्यक्ष पक्राउ

महोत्तरी । जलेश्वर नगरपालिकाका-८ का वडा अध्यक्ष आफ्नै दलित महिला वडा सदस्यसँग अनुचित सम्बन्ध राखेको आरोपमा पक्राउ परेका छन् । दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह रहेका छन । उनलाई दलित महिला वडा सदस्यको घरमा महिलाका देवर, ससुरा र जेठाजुले रंगेहात समातेपछि प्रहरीको जिम्मा लगाईएको हो ।

गए राति साढे १० बजेतिर जलेश्वर–८ स्थित दलित महिला वडा सदस्यको घरमा वडाध्यक्ष सिंह र दलित महिला वडा सदस्य दुवैलाई आपत्तिजनक अवस्थामा समातिएको परिवारको दाबी रहेको र आवश्यक अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।

 

गए राति नै महिलाको उनलाई पनि मेडिकल जाँच गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको प्रहरीले जनाएको छ ।

करिब नौ महिनाअघि वैदेशिक रोजगारीका क्रममा पतिको मृत्यु भएकी सो दलित महिला सदस्यका ४ सन्तान छन ।

Loading...