हिमालयन बैंकका शेयरधनीबीच यसरी भयाे कुटाकुट

काठमाडौं, २५ कार्तिक । हिमालयन बैंकमा संस्थापक सेयरधनीबीचको विवाद उत्कर्षमा पुगेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) ले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व चारबाट तीनमा झारेपछि एकजना संस्थापक समूहका सदस्य बाहिरिनुपर्ने भएपछि विवाद चर्किएको हो ।

संस्थापकमध्येबाट सञ्चालकहरू सलिम अम्लारी (हबिव बैंक), सुशील विक्रम थापा (आभा इन्टरनेसनल) र प्रचण्डबहादुर श्रेष्ठ (छाया इन्टरनेसनल) ले प्रतिनिधित्व गरिरहेका छन् । मनोजबहादुर श्रेष्ठ (एन ट्रेडिङ ) सञ्चालक समितिको अध्यक्ष छन् ।

एन ट्रेडिङ र छाया इन्टरनेसनल नरसिंहबहादुर श्रेष्ठको परिवारको हो । अध्यक्ष मनोजबहादुर र सञ्चालक प्रचण्डबहादुर नरसिंहबहादुरका छोरा हुन्। एन ट्रेडिङको १२.७१ प्रतिशत र छाया इन्टरनेसनलको ८.८९ प्रतिशत सेयर छ । आभा इन्टरनेसनल हिमालयशमशेर राणाको हो, जसको ११.३८ प्रतिशत सेयर छ । बैंकमा ११.८५ प्रतिशत सेयर रहेको खेतान समूहको म्युचुअल ट्रेडिङलाई प्रतिनिधित्व नगराइएपछि विवाद चर्किएको हो ।

एक कर्मचारीका अनुसार संचालकहरुबीच दैनिक बैठक बसेपनि सहमति नभएपछि आपसमा बोलचालसमेत बन्द भएको छ । भेटभएपछि कुटाकुट गर्ने जस्तै हुने गरेको छ । बैंकमा पाकिस्तानको हबिव बैंकको २० प्रतिशत र कर्मचारी सञ्चय कोषको १४ प्रतिशत सेयर छ । उनीहरूको प्रतिनिधित्व बैंक सञ्चालक समितिमा छ ।

Loading...