बढ्दो प्रहरी दादागिरी, पत्रकार केसी प्रहरीबाटै यसरी कुटिए

काठमाडौं, २४ कार्तिक । जनताको सुरक्षार्थ भनेर काम गर्दै आएको नेपाल प्रहरी एकपछि अर्को लज्जास्पद र अनैतिक कार्यमा सक्रिय हुदै आएका प्रमाणहरु पछिल्लो समय सार्वजनिक हुन् थालेका छन ।

यसको अर्थ प्रहरी प्रशासनभित्र सबै मान्छे गलत नै हुन्छ भन्ने चाहिँ होइन तर केहि त्यस्ता व्यक्तिहरुका कारण प्रहरीमाथिको जनविश्वास हराउदै गएको आभास अहिले आम नागरिकहरुले गर्न थालेका छन् ।

कतै बलात्कारजस्तो जघन्य अपराधमा प्रहरी सामेल भएको देखिन्छ त् कतै नियन्त्रण गर्ने नाममा बार भट्माटीहरूतिर अाफै सहभागि भएकाे पाइन्छ। कतै सुन तस्करीमा सक्रिय देखिने प्रहरी कतै भने कुटपिट र जाडरक्सि खानामा व्यस्त भएका घटनाहरु बेलाबखत सुन्न, पढ्न र देख्न पाइन्छ ।

पछिल्लोसमय यस्तै प्रकारकाे एउटा चिरत्र देखिएकाे छ अर्घाखाँचीमा प्रहरीभित्र पनि ।

अर्घाखाँचीमा प्रहरीले स्थानीयवासीहरुको सामान्य विवाद मिलाउन समन्वयकारी भुमिका खेलीरहेका पत्रकारलाई निर्घात कुटपिट गरेको छ ।

सामुदायिक रेडियो अर्घाखाँचीका संवाददाता तथा सुपादेउराली केवल नेटवर्कका सञ्चालक दामोदर केसीमाथि बुधवार बेलुकी प्रहरीले कुटपिट गरेको हो । पत्रकार केसीलाई जिल्लामा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको छ ।

प्रहरीको अमानवीय शैलीको प्रगतिशील पत्रकार संघ, अर्घाखाँचीले घोर निन्दा र भत्र्सना गरेको छ । बिज्ञप्तिमा कुटपिटमा संलग्न प्रहरीलाई कारवाहीको माग समेत गरिएको छ ।

Loading...