र्निर्माण सम्पन्नको पर्खाइमा काष्ठमण्डप , अन्तिम तल्लाको २० वटा थाम जडान सकियो

काठमाडौँ। काष्ठमण्डप पुनर्निर्माणको क्रममा अन्तिम तल्लाको काम हुदै छ। काष्ठमण्डपको अन्तिम तल्लामा ठढीने २० वटा थाम जडान गर्ने कार्य हालै सम्पन्न भएको छ। यही आउने बैशाख १२ मा सम्पूर्ण काम सकिएर उत्घाटनको तयारीमा धमाधम काम भैरहेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ । 


निर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य  राजेश शाक्यले बैशाख १२ महाभूकम्प गएको दिनमानै उद्घाटन गर्ने गरी काम भइरहेको जानकारी दिए ।  शाक्यका अनुसार हालसम्मा ८५ प्रतिशत सक्ने गरी काम भइरहेको छ ।
विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको सातौ शताब्दीको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमापूजा गरिएको थियो । गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत् रुपमा यस सम्पदाको पुनःनिर्माण शुरु भएको हो । तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्यका साथ काष्ठमण्डप पुनःनिर्माणले गति लिएको छ ।


अन्तिम तल्लाको काम सकिए लगत्तै छाना छाउने र काष्ठमण्डप भित्र रहेको गोरखनाथका साथै चार कुन्नामा गणेश प्रथिस्थापन गराई अन्तिम रुप दिने तैयारीका साथ काम भैरहेको समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिएका छन्।

  काठमाडौं महानगरपालिकाको साढे पाँच करोड आर्थिक सहयोगमा पुनःनिर्माण हुँदै गरेको काष्ठमण्डपको गएको ०७५ माघ २७ गते विधिवत चारवटा मूल थाम (प्यंग था) ठड्या शुभारम्भ भएको हो । निर्माण समितिलाई दोश्रो पटक माघ ९ गते पाँच करोड प्रदान गरिएको हो ।

Loading...