बलात्कार पछि हत्या आशंका गरिएकी बालिकाको शव प्रहरीले खाेस्याे : झडपमा ३ घाइते

बर्दीबासमा बलात्कार पछि हत्या आशंका गरिएकी बालिकाको शव प्रहरीले पोस्ट मार्टमका लागि जनकपुर पुर्याएको छ । हत्याको विरुद्धमा भइरहेको प्रर्दशनमा हस्तक्षेप गरी प्रहरीले शव जनकपुर पुर्याएको हो ।

शवसहित पूर्वपश्चिम राजमार्गमा मंगलवार दिनभर बालिकाका आफन्त र स्थानीयले प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएका आक्रोशित भीडलाई तितर–वितर पार्न प्रहरीले गोली चलाएको थियो । सो क्रममा ३ जना प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।

बर्दीबास १४ की ६ वर्षीया बालिका गुलाब साह खातुन आइतबार साँझदेखि वेपत्ता भएकी थिइन् । सोमबार मध्यरातमा बोराभित्र उनको शव फेला परेको थियो । आक्रोशित स्थानीयको भीडले बालिकाको बलात्कार गरी हत्या गरेको भन्दै हत्या अरोपितको घरमा आगजनी समेत गरेका छन् ।

Loading...