डब्लूएचओका प्रमुखमाथि बिद्रोहीलाई हतियार प्रदान गर्न सहयोग गरेको आरोप

काठमाडौं । इथियोपियाका पूर्वमन्त्री समेत रहेका डब्लूएचओका प्रमुख टेड्रोस एडह्यानम गिब्रियससमाथि त्यहाँका बिद्रोहीलाई हतियार प्रदान गर्न सहयोग गरेको आरोप लागेको छ।

बिद्रोही शक्ति टिग्रे पिपल्स लिबिरेसन फ्रन्ट टीपीएलएफ र इथियोपियाको संघीय सेनाबीच हाल संघर्ष जारी छ। टेड्रोसले टीपीएलएफको पक्षमा वकालत गरेको र उनीहरुलाई हतियार प्रदान गर्न सहयोग गरेको आरोप लागेको बीबीसीले जनाएको छ।

इथोपियाको राष्ट्रिय रक्षा बलका प्रमुख लेफ्टिनेन्ट जनरल बिरहानु जुला गेललाल्चाले यस्तो आरोप लगाएका हुन्। यद्यपी उनले आरोपलाई पुष्टि गर्न कुनै प्रमाण भने पेश गरेनन्।

टिग्रेमा यसवर्षको नोभेम्बर यता भएको द्वन्द्वका क्रममा सयौं मानिसहरुको ज्यान गइरहेको छ। टेड्रोस टिग्रेकै बासिन्दा हुन्। यसअघिको सरकारमा उनी देशका स्वास्थ्यमन्त्री थिए।

Loading...