आजपनि रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुल्ला – फोटोहरु

 काठमाडौं। यमपञ्चकको पाँचौ दिन भाइटीकामात्र खोलिने रानीपोखरी बिचमा अवस्थित बालगोपालेश्वर मन्दि आज पनि खुल्ला गरिएको छ।

आज पनि भाइटीका अर्थात किजापूजा भएको कारण सरकारले देशैभर थप एकदिन सार्वजनिक विदा दिएको छ। आज किजापूजा भएको कारण बर्षको किजापूजा अर्थात भाइटीकाको एकदिन मात्र खुल्ने गरेको काठमाडौंको रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिर आजपनि खुलेको छ।

काठमाडौं महानगरपालिकाको अनुसार, हिजोजस्तै आज पनि विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुलेको छ। गेटवाटै ज्वरो नाप्ने तथा स्यानिटाइजर गराएर मात्र मन्दिर प्रवेश गराउने कार्य भएको छ। विसं.२०७२ सालको महाभूकम्पको कारण ध्वंस्त बनेको रानीपोखरीको बालगोपालेश्वर मन्दिर र रानीपोखरीको संरचनामा पूर्नरनिर्माण भएर पाँच बर्षदेखि बन्द भएको रानीपोखरी यो बर्षको भाइटीकावाट मात्र खुलेको हो।

  फोटो – बुद्ध शरण शाही 

 

 

 

 

 

 

 

 

Loading...