काठमाडौँ महानगपलिकाको आर्थिक सहयोगमा कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण हुने

 

कीर्तिपुर । नेपाल एकीकरणको अभियानका क्रममा गोर्खाली सैनिकले (१८१४ देखि १८२२ सम्म तीनपटक) कीर्तिपुर आक्रमण गर्दा युद्ध भएको ऐतिहासिक स्थान किर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण गति अगाडी बढेको छ ।काठमाडौँ महानगर पालिकाको आर्थिक सहयोगमा किर्तिपुर नगरपालिकाले निर्माण हुने यो पार्क करिब दुई सय ६२ वर्षअघि भएका युद्धको झल्को दिनेगरी करिब ५४ रोपनी क्षेत्रफलमा धमाधम काम अघि बढाएको हो । अहिले पार्क निर्माणको काम धमाधम भैरहेको छ ।
मेयर महर्जनले यो युद्ध पार्कमा इतिहास मात्रको नभई नेवार जातीको कला र संस्कृति झल्काउने मूर्ति र संग्राहलयको रुपमा युद्दमा प्रयोग भएका हातहतियार , पृथ्वीनारायण शाह, कालु पाण्डे, गोर्खाली र कीर्तिपुरे सेनाको गर्विलो इतिहास झल्काउने , युद्धको झल्को दिने गरी ‘युद्ध स्मारक पार्क मुर्त–अमूर्त स्मारकहरु राख्ने जानकारीदिनुभयो । उहाँका अनुसार अहिले त्यसका लागि ३० बढी त्यस्ता मूर्ति र स्मारक निर्माण भैसकेका छन् ।


गोर्खा राज्यका तर्फबाट करिब १२ सय गोर्खाली सैनिकले कीर्तिपुरमाथि दुई पटकको आक्रमण प्रयासलाई कीर्तिपुरका करिब तीन सय सेनाले प्रतिकार गरेका थिए । ‘त्यहि युद्धमा गोर्खाली सेनाका कालु पाण्डे मारिए थिए भने पृथ्वीनारायण शाह पनि किर्तिपुरे फौजको कब्जामा परेका थिए,’ गोर्खाली फौजबाट त्यहि युद्धमा कब्जा गरी बाघभैरव मन्दिरमा सबैले देख्ने गरी राखिएका ढाल, तरबार देखाउँदै मेयर महर्जनले भन्नुभयो, ‘पहिला किर्तिपुर कृषिमा आधारित थियो । घरेलु उत्पादनमा प्रख्याती कमाएको थियो । शहरीकरणसँगै अब किर्तिपुरको त्यो पहिचान हरायो ।’
काठमाडौँ महानगर पालिकाका मेयर बिध्यसुन्दर शाक्यले आगामी बजेटमा पनि थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दै छिमेकी नगरसँग पनि साझेदारी गरी अघि बढ्ने बताउनु भयो। शाक्यले भन्नुभयो ‘हरियाली विकास, खुला क्षेत्रको संरक्षण, संस्कृति संम्पदाको संरक्षण र ऐतिहासिक–धार्मिक तथा पर्यटकीय स्थानको विकास जस्ता परियोजनामा हामीले सहयोग गर्दै आएका छौँ ।’ उहाँले काठमाडौँका १० ओटा र मध्यपुर ठिमी नगरपालिकालाई यस्ता परियोजनाका लागि सहयोग गरेको पनि स्मरण गराउनुभयो ।

बाघ भैरवको उत्तरी क्षेत्रमा अवस्थित किर्तिपुरका तीन ओटा वडा–१, २ र १० लाई समेटेर पहिलो चरणमा १४ रोपनी र विस्तारै पुरै ५४ रोपनीमै पार्क निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ ।

 

 

 

 

 

Loading...