काठमाडौं उपत्यकामै कोरोनाबाट एकै दिन १६ को मृत्यु, देशभर ३६ को मृत्यु

काठमाडौं, १६ कार्तिक। कोरोना भाइरस लागेर एकै दिन सबैभन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाबाट ३६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकाकै छन् । काठमाडौं उपत्यकामा मात्र कोरोना लागेका १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १६ जना, झापाका ४ जना, कास्‍कीका ३ जना, ललितपुर, र रुपन्देहीका २र२ जना, बारा काभ्रे, गोरखा, नुवाकोट, चितवन, अर्घाखाँची, बाँके सुर्खेत र कैलालीका १–१ जनाको मृत्यु भएको छ ।

दमक नगरपालिका–७ झापाकी ५५ वर्षकी महिलाको एडभान्स अस्पताल ल्याउँदै गर्दा आइतबार बाटैमा मृत्यु भएको छ । ४ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएको उनी होम आइसोलेसनमा बसेकी थिइन् ।

दमक नगरपालिका– ७ झापाका ५० वर्षका पुरुषको नोबेल मेडिकल कलेज विराटनगरमा आइतबार बिहान मृत्यु भएको छ । शनिबार अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको हो ।

कमल गाउँपालिका– ५ झापाका ७२ वर्षका पुरुषको आइतबार होम आइसोलेसनमा मृत्यु भएको छ । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए ।

गौरादह झापाका ७४ वर्षका पुरुषको शनिबार राति होम आइसोलेसनमा मृत्यु भएको छ । कात्तिक १३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनी घरमै बसेका थिए ।

आदर्शकोतवाल गाउँपालिका बाराका ४५ वर्षका मदन मण्डलको आइतबार विहान उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा मृत्यु भएको हो । नेपाली कांग्रेस महासमिति सदस्यसमेत रहेका उनमा कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बुद्धनगर काठमाडौं बस्ने कास्कीका ५३ वर्षका पुरुषको आइतबार दिउँसो मृत्युभएको छ । उनमा आइतबार विहान कोरोना संक्रमण पुष्टि भएको थियो । घरमै रहेका उनी कोरोना रिपोर्ट पोजेटिभ आएको खबरसँगै अचेत भएको र पछि मृत्यु भएको हो । उनी उच्च रक्तचापका बिरामी थिए ।

बानेश्वर हाइट काठमाडौंकी वृद्धाको आइतबार होम आइसोलेसनमै मृत्यु भएको छ । ८ दिनअघि नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बानेश्वर काठमाडौंका ८२ वर्षका पुरुषको कात्तिक १५ गते मृत्यु भएको छ । कात्तिक ५ गते कोरोना भाइरस संक्रमण भई ९ गते अस्पताल भर्ना भएका उनमा मधुमेह, उच्च रक्तचाप, दम र मिर्गौला रोग थियो ।

काठमाडौंका ७४ वर्षका पुरुषको कात्तिक १५ गते मृत्यु भएको छ । निमोनिया भई कात्तिक ८ गते अस्पताल भर्ना भएका उनमा कात्तिक ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनी मधुमेह र उच्च रक्तचापको बिरामी थिए ।

काठमाडौंका ५९ वर्षका पुरुषको कात्तिक १५ गते मृत्यु भएको छ । असोज २९ गते कोरोना भाइरस संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका उनी निमोनिया र मिर्गौलाको समस्या भएपछि कात्तिक ४ गते अस्पताल भर्ना भएका थिए ।

कोटेश्वर काठमाडौंका ८१ वर्षका पुरुषको कात्तिक १५ गते मृत्यु भएको छ । कात्तिक २ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनी कात्तिक ५ गते अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप, मुटुरोग र मिर्गौलारोगको समस्या थियो ।

तारकेश्वर काठमाडौंका ७३ वर्षका पुरुषको आइतबार मृत्यु भएको छ । कात्तिक ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएका उनमा दमको समस्या थियो ।

काठमाडौंका ७५ वर्षका पुरुषको कात्तिक १५ गते मृत्यु भएको छ । कात्तिक ११ गते संक्रमण पुष्टि भई कात्तिक १२ गते अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाफ मिर्गौला रोग र पाकिन्सन्सको समस्या थियो ।

काठमाडौंका ६९ वर्षका पुरुषको आइतबार मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भई कात्तिक १३ गते अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।

गोकर्णेश्वर काठमाडौंका ८३ वर्षका पुरुषको कात्तिक १५ गते मृत्यु भएको छ । कात्तिक ८ गते कोरोना संक्रमण भएका उनी मुटुको समस्या भई कात्तिक ९ गते अस्पताल भर्ना भएका थिए ।

बालाजु काठमाडौंका ७७ वर्षका पुरुषको कात्तिक १२ गते मृत्यु भएको छ । कात्तिक ११ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचाप, मिर्गौला रोग र पार्किन्सन्सको समस्या थियो ।

बसुन्धरा काठमाडौंका ७५ वर्षका पुरुषको असोज १९ गते मृत्यु भएको छ । असोज १८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।

नागार्जुन काठमाडौंका ८१ वर्षका पुरुषको कात्तिक ४ गते निधन भएको छ । असोज २९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनी कात्तिक २ गते अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।

बुढानीलकण्ठ काठमाडौंका ६९ वर्षका पुरुषको आइतबार मृत्यु भएको छ । कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएका र ६ गते अस्पताल भर्ना भएका उनमा निमोनिया र सेप्सिसको समस्या थियो । उनमा उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको समस्या पनि थियो ।

तारकेश्वर काठमाडौंका ६५ वर्षका पुरुषको कात्तिक १५ गते मृत्यु भएको छ । कात्तिक १३ गते अस्पताल भर्ना भएका र १४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा दम मुटुरोग र छारेरोगको समस्या थियो ।

हात्तीगौडा काठमाडौंका ६९ वर्षका पुरुषको कात्तिक १ गते मृत्यु भएको छ । असोज १५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा निमोनिया र सेप्सिसको समस्या थियो ।

काठमाडौंका ६४ वर्षका पुरुषको कात्तिक १५ गते मृत्यु भएको छ । असोेज २४ गते अस्पताल भर्ना भएका उनमा असोज २७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनी मधुमेहको बिरामी थिए ।

ललितपुरका ३६ वर्षका पुरुषको कात्तिक १५ गते मृत्यु भएको छ । उनी कात्तिक १३ गते अस्पताल भर्ना भएका र १४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

पाटन ललितपुरका ३६ वर्षका पुरुषको कात्तिक ४ गते मृत्यु भएको छ । असोज ७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनी असोज १५ गते अस्पताल भर्ना भएका थिए ।

धुलिखेल काभ्रेका ७३ वर्षका पुरुषको कात्तिक १६ गते मृत्यु भएको छ । कात्तिक १४ गते अस्पताल भर्ना भएका उनको कात्तिक १६ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

भरतपुर चितवनका ५८ वर्षक पुरुषको कात्तिक १४ गते मृत्यु भएको छ । कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।

बेल्कोटगढी नुवाकोटका ६६ वर्षका पुरुषको कात्तिक १६ गते मृत्यु भएको छ । निमोनिया भई कात्तिक ८ गते अस्पताल भर्ना भएका उनमा कात्तिक ९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

गोरखा नगरपालिका– ५ गोरखाका ८२ वर्षका पुरुषको चितवनको पुरानो मेडिकल कलेजमा शनिबार राति मृत्यु भएको छ । कात्तिक ६ गते निमोनियासम्बन्धी उपचारका लागि अस्पताल लगिएका उनलाई कात्तिक ८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१७ कास्कीका ६० वर्षका पुरुषको आइतबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । असोज २१ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । उनमा निमोनिया, मधुमेहलगायतका समस्या पनि देखिएको थियो ।

अन्नपूर्ण गाउँपालिका– ३ कास्कीका ४७ वर्षका पुरुषको शनिबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । उनलाई कात्तिक ४ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

दैलेख घर भई अर्घाखाँचीमा कार्यरत सशस्त्र प्रहरी नाब निरीक्षक नगेन्द्र खड्काको सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि असोज २० गते लुम्बिनी प्रादेशिक अस्पतालबाट सशस्त्र प्रहरी बल अस्पताल ल्याइएको थियो ।

बुटवल उपमहानगरपालिका–१७ रुपन्देहीका ४२ वर्षका पुरुषको बुटवलस्थित कोरोना अस्पतालमा मृत्यु भएको छ । कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही दिन अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो ।

तिलोत्तमा नगरपालिका– १ रुपन्देहीका ९५ वर्षका पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनको अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा मृत्यु भएको हो ।

खजुरा गाउँपालिका– ३ बाँकेका ४० वर्षका पुरुषको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा शनिबार मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या भई कात्तिक १५ गते अस्पताल भर्ना भएका उनमा कात्तिक १६ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

भेरीगंगा नगरपालिका–१२ सुर्खेतका ३२ वर्षका पुरुषको शनिबार राति सुर्खेतस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । फुलपातीको दिनदेखि बिरामी परेका उनको ३ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । सुरुमा कोहलपुरमा उपचारका लागि लगिएका उनलाई त्यहाँ भेन्टिलेटर अभाव भएपछि शनिबार राति सुर्खेत लगिएको थियो ।

टीकापुर नगरपालिका–१ कैलालीका ६० वर्षका पुरुषको नेपालगञ्जको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । कात्तिक १४ गते अस्पताल भर्ना भएका र १५ गते कोरोना संक्रमण पुष्टि भएका उनको आइतबार विहान १ बजे मृत्यु भएको हो ।

Loading...