बुधवार कोरोना भाइरस संक्रमणबाट थप १५ जनाको मृत्यु

काठमाडौं, २८ असोज । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।

काठमाडौंका ५, मोरङका ३ तथा ललितपुर, भक्तपुर काभ्रे, सुनसरी, स्याङ्जा, नवलपरासी र नवलपुरका एकएक जनाको मृत्यु पुष्टि भएको छ ।

सामखुसी, काठमाडौंका ७६ वर्षीय पुरषको मंगलबार ग्राण्डी अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर १७ असोजमा अस्पताल भर्ना भएका उनलाई २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौला, मधुमेह र थाइराइडको समस्याबाट पीडित थिए ।

कोटेश्वर, काठमाडौंकी ६७ वर्षीया महिलाको मंगलबार पाटन अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचाप, मधुमेहका साथै मिर्गौलाको समस्याबाट पीडित उनी २२ असोजमा अस्पताल भर्ना भएका थिए ।

मैफी, काठमाडौंकी ७४ वर्षीया महिलाको मंगलबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचाप, मधुमेह र मिर्गौलासम्बन्धी समस्य भएका उनी २७ गते अस्पताल भर्ना भएकी थिइन् ।

बसुन्धरा, काठमाडौंका ७१ वर्षीय पुरुषको वीपी मेमोरियल अस्पतालमा मृत्यु भएको छ । निमोनिया भएर १९ असोजमा अस्पताल भर्ना भएका उनलाई २४ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंका ५६ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा निधन भएको छ । एचआईभी र निमोनिया भएका उनी १९ असोजमा अस्पताल भर्ना भएका थिए ।

सातदोबाटो, ललितपुरका ५० वर्षीय पुरुषको बुधबार पाटन अस्पतालमा मृत्यु भएको छ । १२ असोजमा अस्पताल भर्ना भएका उनलाई १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बनेपा-१०, काभ्रेका ६२ वर्षीय पुरुषको बुधबार वीर अस्पतालमा मृत्यु भएको छ । उनी २७ असोजमा अस्पताल भर्ना भएका थिए र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्टार अस्पतालमा मृत्यु भएका भक्तपुरका ८३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मधुमेहका विरामी उनी २५ गते अस्पताल भर्ना भएका थिए र सोही दिन मृत्यु भएको थियो ।

बेलबारी नगरपालिका-१०, मोरङका ३७ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । २१ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी मंगलबार अस्पताल भर्ना गरिएका थिए ।

बुढीगंगा गाउँपालिका-३, मोरङका ६० वर्षीय पुरुषको मंगलबार राति विराट मेडिकल कलेजमा मृत्यु भएको छ । श्वासप्रश्वास र मृगौला सम्बन्धी समस्या भएका उनलाई १५ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सुन्दरहरैँचा नगरपालिका-५, मोरङकी ४९ वर्षीया महिलाको मंगलबार नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्याबाट पीडित उनी श्वासप्रश्वासको समस्या भएपछि अस्पताल पुगेकी थिइन् ।

इटहरी उपमहानगरपालिका-६, सुनसरीकी ६० वर्षीय महिलाको बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई २४ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भीरकोट-२, स्याङ्जाकी ५२ वर्षीया महिलाको बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा मृत्यु भएको छ । २६ असोजमा अस्पताल भर्ना भएकी उनमा कोभिडसँगै थाइराइड र उच्च रक्तचापको समस्या थियो ।

सुनवल नगरपालिका-४, नवलपरासीका ७७ वर्षीय पुरुषको बुधबार कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएर २६ असोजमा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका उनलाई २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मध्यविन्दु-१५, नवलपुरका ७५ वर्षीय पुरुषको मंगलबार राति चितवन मेडिकल कलेज, भरतपुरमा मत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर १८ असोजमा अस्पताल भर्ना भएका उनलाई २० गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो ।

Loading...