इन्टरनेट ब्यान्डविथमा नेपालकाे मासिक २० करोड खर्च

काठमाडाैं । नेपालमा अहिले एक सय ३० गिगाबाइट (जीबी) को हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ खपत भइरहेको पाइएको छ ।

अर्थात् एक लाख ३० हजार मेगाबाइट (एमबी) को हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ इन्टरनेटमा प्रयोग भइरहेको इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी)को तथ्यांकले देखाउँछ । ब्यान्डविथ प्रयोग भएको आधारमा हेर्ने हो भने नेपालबाट अहिले ब्यान्डविथको नाममा मात्रै मासिक २० करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालमा एक सय १० जीबीको हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ विभिन्न नेटवर्क सर्भिस प्रोभाइडरमार्फत नेपालमा आएको छ । इन्टरनेटको स्पिड पनि बढ्छ ।

तर इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी) व्यवसायीका अनुसार नेपालमा अहिले एक सय २० देखि ३० जीबीसम्म इन्टरनेटसनल ब्यान्डविथ खपत भइरहेको छ । यो खबर आजको अन्नपुर्ण पोष्टले लेखेको छ, अहिले औसतमा एक एमबीको १५ डलर अर्थात् एक हजार पाँच सय ४५ रुपैयाँ मासिक बुझाउनुपर्ने आईएसपी संघका अध्यक्ष दिलीप अग्रवालले जानकारी दिए ।

Loading...