९ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

 

असोज १२,  काठमाडौं।   भारत र नेपालका विभिन्न कम्पनीले उत्पादन गर्ने गरेका ९ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा औषधि ब्यबस्था विभागले प्रतिबन्ध लगाएको छ ।

विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजर विषाक्त रसायन मिथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको हो । संकलित नमूना तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत रहेको विभागको ठहर छ।

भारतीय कम्पनी सिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रबमा ६२ प्रतिशत मिथानेल, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रिज पर्साको रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर र क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोलको मिसावट रहेका पाइएको जनाइएको छ ।

 विभागले गुणस्तरहीन भएको भन्दै यसअघि भारत, चीन तथा नेपाली उद्योगले उत्पादन गरेका ९ वटा स्यानिटाइजरमा प्रतिबन्ध लगाइसकेको छ ।

Loading...