पाल्पा पहिरोमा परेका सबैको शव फेला

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका सबैको शव फेला परेको छ। पहिरोमा परी ५ जनाको मृत्यु भएको हो।

पहिरोमा बेपत्ता भएका ६० वर्षीया हुमबहादुर गाहा र ५० वर्षीया धनिसरा गाहाको पनि शव फेला परेको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी मदन गिरीले बताए।

यसअघि १६ वर्षीया कृष्णमाया गाहा, ८ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुशीसरा आलेको शव फेला परेको थियो।

पहिरोमा पुरिएको जानकारी पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले खोजी जारी राखेका थिए।

Loading...