नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई कोरोना संक्रमण

काठमाडौं । नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। जितबहादुरलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको बताइएको छ।

पेट दुख्ने र दिसामा रगत देखिएपछि केसीलाई उपचारका लागि वयाेधा हस्पिटल लगिएको थियो । त्यसक्रममा कोरोना परिक्षण गरिएको थियो। जितबहादुरमा कोरोनाको कुनै लक्षण भने नदेखिएको बताइएको छ।

यसअघि स्क्वासका कीर्तिमानी खेलाडी तथा वर्तमान प्रशिक्षक हिरा थापालाई पनि कोरोना संक्रमण देखिएको थियो। उनी निको भएर सोमबार मात्र घर फर्किएका छन्।

Loading...