मेरो देश धर्तिको स्वर्ग कान्तिपुरी नगरी आज कहालीलाग्दो सुनसान छ.- भिक्षु आनन्द

भाद्र १४, काठमाडौँ।

मेरो देश
धर्तिको स्वर्ग
कान्तिपुरी नगरी
आज
कहालीलाग्दो
सुनसान छ…/
जात्रै-जात्राले उत्सवमय,
टोल-टोल, डबली, चोक
निर्जन छ…/
निष्प्राण छ…/
हाँसो र खुसीले उल्लासमय,
प्रीतिपूर्ण जन-जीवन
मरुभूमि सरि
उजाड छ…!
कोरोना…!
तिमि यतिसम्म पनि
निष्ठुरी र निर्दयी नबन
हाम्रा आस्थाका-देवताहरु समेत
मुकदर्शक अनि
किन्कर्ब्यबिमुध भइ
यी भब्य मन्दिरहरु छाडेर
अन्तै बसाई सर्न नपरोस..!
अब त अति भो
तिम्रो क्रुर यातनाले
मेरो यो
दिब्यमय
कान्तिपुरी नगरी
घर-घर शोकमा दुबाई
लाश थुप्रिएको
स्मशान नबनाई देउ ..!

Loading...