शनिवार एकै दिन थपिए ४६८ कोरोना संक्रमित, काठमाडौंमा मात्रै ८० जना

काठमाडौं । आज नेपालभर थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा देशभर थप ४६८ जनालाई कोरोना भाइरस रोग(कोभिड –१९) पुष्टि भएको जानकारी दिएको हो ।

११ हजार ४७ पीसीआर परीक्षण गरिएकोमा ४६८ लाई कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । गौतमका अनुसार काठमाडौं उपत्यकामा १०० जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ८०, ललितपुरमा ११ र भक्तपुरमा ९ जनामा नयाँ संक्रमण देखिएको प्रवक्ता गौतमले बताए । आज थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।

डा गौतमका अनुसार भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ८ जना, भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ११ जना र बर्दियाका १२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै वीध ल्याब ललितपुरमा काठमाडौंका १० जना र ललितपुरका एकजना, वीर अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, धनुषाका एकजना, काठमाडौंका ३ जना र काभ्रेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वी एण्ड वी अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एकजना, छामेछापका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनुषाका एकजना, मोरङका २ जना सप्तरीका २ जना, सिराहाका ४ जना, र सुनसरीका १६ जना र तेह्रथुमका एकजना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बझाङका एकजना र डडेल्धुराका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा चितवनका एकजना, दोलखाका ५ जना, काभ्रेका ७ जना र रामेछापका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा मोरङका २५ जना, सिराहाका एकजना र उदयपुरका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पतलामा गरिएको परीक्षणमा कपिलवस्तुका एकजना र नवलपरासी पूर्वका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, पर्साका २१ जना, नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका ८ जना काठमाडौंका ४ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २४ जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २४, खोटाङका ६ जना ,पर्साका ३ जना, रसुवाका एकजना र सर्लाहीका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ८ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एकजना, सुर्खेतका ४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रोदेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३८ जना र सुनसरीका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका एकजना, कपिलवस्तुका ३१ र रुपन्देहीका २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २५ जना, महोत्तरीका ९ जना, सर्लाहीका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २, गोरखाका एकजना, कास्कीका ३ जना, नवलपरासी पूर्वका एकजना र स्याङ्जाका एकजना र तनहुँका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १० जना, वीरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका २ जना, काठमाडौंका ३ जना र रामेछापका एकजना, सुविया हेल्थ केयर प्रयोगशाला लाजिम्पाटमा काठमाडौंका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै स्टार अस्पतालमा दाङका एकजना, काठमाडौंका १० जना, ललितपुरका ७ जना, सिन्धुलीका एकजना, किटजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका एकजना, मकवानपुरका २१ जना, रौतहटका ४, सर्लाहीका ११ जना र उदयपुरका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्वास्थ्य कार्यालय दैलेखमा गरिएको परीक्षणमा दैलेखका २ जना र सुर्खेतका एकजनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै अहिलेसम्म कोरोनाका कारण १०२ जनाले ज्यान गुमाएका छन् भने आज विभिन्न अस्पतालबाट १२४ जना संक्रमित निको भएर घर फर्किएका छन ।

Loading...