कोरोनाको जोखिम बढाएको भन्दै सबै बैंंक तथा वित्तीय संस्थालाइ कारोबार बन्द गर्न महानगरको पत्राचार

मोरङ । विराटनगर महानगरपालिकाले बैंक तथा वित्तीय संस्थाहरुलाई भौतिक रुपमा नगद कारोबार बन्द गर्न आग्रह गरेको छ।

विराटनगरमा कोरोना भाइरस समुदायस्तरमा फैलिएकाले भौतिक रुपमा नगद कारोबार नगर्न महानगरपालिकाले विराटनगरका बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गरेको हो।

महानगर क्षेत्रमा लकडाउन गरे पनि बैक तथा वित्तीय संस्थामा भीडभाड भइरहेकाले संक्रमणको सम्भावना रहेको भन्दै महानगरपालिकाले लकडाउन अवधिभर विद्युतीय माध्यमबाट नगद कारोबार गर्न आग्रह गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडाले बताए।

महानगरपालिकाले सेवाग्राहीलाई पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Loading...